मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ जेठ २९ बुधबार १७:१५:००
Read Time : < 1 मिनेट
समाचार

कञ्चनपुरमा फेरी हावाहुरीको वितण्डा 

अहिलेसम्म ३० घाइते, १६ सय घरमा क्षति 

Read Time : < 1 मिनेट
२०७६ जेठ २९ बुधबार १७:१५:००

कञ्चनपुरमा बुधबार आएको हावाहुरीले फेरी वितण्डा मच्चाएको छ । गत बिहीबार आएको हावाहुरीपछि फेरी बुधबार बिहान आएको हावाहुरीले कञ्चनपुरको ग्रामीण भेगमा बढि क्षति पुर्‍याएको छ । 

बिहान साढे ६ बजेतिर आएको हावाहुरीमा परी सात जना घाइते भएका छन् । २३ घरमा क्षति पुगेको छ । घाइते हुनेमा महाकाली नगरपालिका ६ दोधाराकी ६० वर्षीया फुलादेवी डाहा, ४५ वर्षीय बल बहादुर थापामगर, ३० वर्षीया कमला थापा, महाकाली नगरपालिका ५ की ४८ वर्षीया हिमादेवी मगर, भीमदत्त नगरपालिका १९ बाफाँटाकी १५ वर्षीया मिना भण्डारी, बेलडाँडी गाउँपालिका–५ की लक्ष्मी उपाध्याय र पार्वती बुढा रहेका छन् । 

दोधाराकी वृद्ध फुलादेवीको घर भत्किएर थिच्दा उनको ढाड भाँचिएको छ । उनलार्इ उपचारकाे लागि सिमावर्ती भारतीय अस्पताल लगिएकाे छ । अन्य घाइतेको महाकाली, दोधारा र बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 

महाकाली नगरपालिकाका प्रवक्ता दिल बहादुर सिजालीका अनुसार सबैभन्दा बढि क्षति महाकाली नगरपालिका ६ दोधारा धामीटोलमा पुगेको छ । उक्त ठाउँको १० घरमा पुर्णरुपमा क्षति भएको छ, भने बाँकी घरमा आंशिक क्षति भएको छ ।

बेलौरी नगरपालिकाले हावाहुरी पीडितका लागि त्रिपाल, आशिक क्षतिलाई १५ सय र पुर्ण क्षतिलाई ३५ सय दिने निर्णय गरेको छ । कृष्णपुर नगरपालिकाले एक करोडको विपद् कोष खडागर्ने निर्णय गरेको छ । बेदकोट नगरपालिकाले घाइतेलाई जनही १० हजारका दरले राहत प्रदान गरेको छ । 

गत साता र आजको हावाहुरीमा परी कञ्चनपुरमा घाइतेको संख्या ३० पुगेको छ, भने १६ सय घरमा क्षति पुगेको छ ।