मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका अछाम
२०७६ जेठ २९ बुधबार १६:५८:००
Read Time : < 1 मिनेट
प्रदेश

नयाँ पत्रिकाकर्मी बीसी सम्मानित  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका अछाम
२०७६ जेठ २९ बुधबार १६:५८:००

वंशावलीबारे गहिरो अध्ययन गरेर सञ्चार माध्यम मार्फत महत्वपूर्ण योगदान दिएको भन्दै तिमिल्सिना समाज ७ नम्बर प्रदेशले नयाँ पत्रिकाकर्मी ध्रुव बीसीलाई सम्मान गरेको छ । 

अछामको सदरमुकाम मंगलसेनमा आयोजित प्रदेश स्तरीय भेलामा बुधबार बीसीलाई सम्मान गरिएको हो । मिडिया मार्फत हरेक जातजातीको वंशबारे लामो समयदेखि खोज तथा अध्ययन गरिएका विषय सार्वजनीक गरेर समुदायमा सकारात्मक सन्देश प्रवाह गरिरहेको भन्दै तिमिल्सिना समाजका केन्द्रीय अध्यक्ष नवराज तिमिल्सिनाले भव्य समारोहका बीच दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

१६ वर्षदेखि निरन्तर पत्रकारितामा सक्रिय नयाँ पत्रिकाकर्मी बीसीले खोज अनुसन्धान गरेर विभिन्न विषयमा कलम चलाउँदै आएका छन् । वंशावली बारे अध्ययन, पर्यटन प्रवद्र्धन, कलासंस्कृती र सामाजिक रुपान्तरणमा कलम चलाउँदै आएका बीसीले तिमिल्सिना जातिको उत्पति भएको ठाउँ अछामको तिमिल्सिन गाउँ पुगेर त्यहाँको इतिहास खोज तथा अध्ययन गर्दै आएकाले उनलाई सम्मान गरिएको समाजका प्रदेश संयोजक तिलक खत्री तिमिल्सिनाले बताए ।

भेलामा विभिन्न क्षेत्रमा योगदान गर्ने अन्य एक दर्जन व्यक्ति सम्मानित भएका छन् ।