मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ जेठ २९ बुधबार १५:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

पाेखरामा लागुऔषध कारोवारीलाई पक्रन प्रहरीले चलायो गोली 

Read Time : < 1 मिनेट
२०७६ जेठ २९ बुधबार १५:५५:००

पोखराको उत्तमचोकमा एक लागुऔषध कारोवारीमाथि प्रहरीले गोली चलाएको छ । लागुऔषध बोकेर हिँडेको सूचनाको आधारमा बुझ्न गएको प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि प्रतिरक्षाका लागि गोली चलाएको प्रहरीले जनाएको छ ।

लागुऔषध कारोवारीले प्रहरीमाथि आक्रमण गरेपछि नियन्त्रणमा लिने क्रममा प्रहरीले घुँडाभन्दा तल खुट्टामा गोली चलाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीले बताए । उनका अनुसार प्रहरीले चलाएको गोली लागेपछि घाइते भएका लागुऔषध कारोवारी जोनर डिके भनिने करीब ३० वर्षीय गोविन्द थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ । प्रहरीले थापाको साथबाट नर्फिन, फेनार्गन र डाइजोपामलगायतका एक हजार ५०० थान लागुऔषध बरामद गरेको छ । 

घटना भएको स्थानबाट प्रहरीले ग १३ प ८२२८ नम्वरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।

लागुऔषध कारोवारी थापा यसअघि कतारमा सन् २०१४ देखि २०१८ सम्म कारागार बसेका थिए भने नेपालमा २०७५ साल वैशाख २ गते ज्यान मार्ने उद्योगमा कारागार चलान भएका थिए । लागुऔषध कारोवारीको आक्रमणबाट एक प्रहरी असई सन्तोष सुवेदीको बायाँ खुट्टा र तिघ्रामा चोट लागेको छ । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको जनाएको छ ।