मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ जेठ २९ बुधबार १५:४५:००
Read Time : > 1 मिनेट
समाचार

यार्सा टिप्न गएका व्यक्तिहरू धमाधम बिरामी पर्दै 

Read Time : > 1 मिनेट
२०७६ जेठ २९ बुधबार १५:४५:००

बहुमुल्य जडिबुटी यार्सागुम्बा टिप्न जिल्लाका विभिन्न पाटनहरुमा पुगेका मानिसहरु बिरामी पर्न थालेका छन् । अत्याधिक चिसो र अक्सिजनको कमीको कारण यार्सा संकलकहरु बिरामी पर्न थालेका हुन् । यार्सा व्यवस्थापन समितिका अनुसार पाटनमा बिरामी परेकाहरु घर फर्किरहेका छन् । यार्सा संकलन तथा सुरक्षाका लागि पाटन पुगेका करिब १ दर्जन बढी संकलकहरु लेक लागेर बिरामी परेपछि घर फर्किएका छन् । 

पहिलो पटक पाटन पुगेका संकलकहरु टाउको दुख्ने, बोल्न नसक्ने, अचेत हुने गरेको समितिले जनाएको छ । बिरामी हुने वित्तिकै उनीहरुलाई फिर्ता पठाउने गरिएको यार्सा व्यवस्थापन समितिका अध्यक्ष अमरधन पनुले बताए । 

जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका १ र २ का आधा दर्जन पाटनमा पाइने यार्सा टिप्न शुक्रबारदेखि खुला गरिएको थियो । पाटनमा हाल करिब २ हजार व्यक्तिहरुले यार्सा संकलन गरिरहेको उनले बताए । उनका अनुसार यार्सा संकलक मध्ये १४ सय जना पुथाउत्तरगंगा गाउँपालिका १ र २ का रहेका छन् भने साढे ५ सय जति बाहिरका रहेका छन् । 
 
ज्यानै जोखिममा पारेर यार्सा संकलन 
अत्याधिक चिसो र प्रयाप्त अक्सिजन नभएका कारण यार्सा टिप्न सजिलो नरहेको यार्सा व्यवस्थापन समितिका पूर्व अध्यक्ष भरतकुमार पुन बताउँछन् । ‘यार्सा पाइने ठाउँ समुन्द्रिक सतहदेखि निकै उचाईमा पर्छ, यहाँ राम्ररी अक्सिजन समेत पाईदैन्,’ उनी भन्छन्, ‘चिसोसमेत अत्याधिक हुने भएकाले लेक लाग्ने प्रवल सम्भावना हुन्छ, जो कोहिले यार्सा टिप्न सक्दैनन् ।’ लेक लाग्नुका साथै अफ्ठ्यारो भुगोलका कारण लड्ने डर पनि धेरै हुन्छ । 

गाउँ रित्तै 
गाउँका सम्पूर्ण व्यक्ति यार्सा टिप्न गएपछि पुथाउत्तरगंगा गाउँपालिकाका अधिकांश वस्तीहरु अहिले रित्तै छन् । गाउँमा मान्छे पाउँन मुश्किल छ । १४ वडा रहेकामा अधिकांश वडाका नागरिकहरु अहिले १ र २ नम्बर वडाका विभिन्न पाटनमा पुगेका छन् । हिड्न नसक्ने बुढा बुढी र अन्य अशक्त बाहेक सबै यार्सा टिप्न गएको पुथाउत्तरगंगा गाउँपालिका १ का कर्मसइ घर्तीले बताए ।