मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ जेठ २९ बुधबार १४:५३:००
Read Time : < 1 मिनेट
समाचार

गुठी विधेयकको विरोधमा विप्लव नेकपा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ जेठ २९ बुधबार १४:५३:००

विप्लव नेतृत्वको नेकपाले गुठी विधेयकको विरुद्ध शान्तिपूर्ण प्रदर्शनमा सरकारले गरेको दमनको विरोध गरेको छ । प्रवक्ता प्रकाण्डले बुधबार विज्ञप्ती जारी गर्दै सरोकारवाला पक्षसँग छलफल नगरी ल्याएको विधेयकको विरोध र शान्तिपुर्ण र वैधानिक संघर्षमा भएको बर्बर दमनको निन्दा गरिएको छ । 

सरकारले एकपछि अर्काे जनअधिकार कुल्चिँदै गएको भन्दै गुठी विधेयक पनि त्यसकै एउटा उदाहरण भएको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा शान्तिपूर्ण आन्दोलनमा घाइतेको उपचार र न्यायपूर्ण समाधानको माग गरिएको छ ।