निजी गुठीलाई नियन्त्रण गर्न ल्याइएकाे विधेयक संविधानको बर्खिलाप छ : नेता सिंह

२०७६ जेठ २९ बुधबार १३:५९:००

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गुठीको मूल मर्ममाथि नै प्रहार हुने गरी गुठीसम्बन्धि विधेयक ल्याएको भन्दै उक्त विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा नेता सिंहले संविधानमा गुठीको मूल मर्म प्रतिकूल हुने गरी सो सम्बन्धि ऐन संशोधन गर्न नपाउने व्यवस्था गरिएको तर सरकारले त्यसलाई उलंघन गरेर सो विधेयक ल्याएको आरोप लगाए ।

नेता सिंहले सरोकारवाला निकायसँग गम्भीर छलफल गरी सो विधेयक पुनः संसदमा पेश गर्न सरकारलाई सचेत गराए । निजी गुठीलाई राज्यले नियन्त्रण गर्ने गरी ल्याइएको उक्त विधेयक संविधानको भावनाको समेत बर्खिलाप हुने गरी आएकाले त्यसलाई जनताले समेत नमान्ने उनले दाबी गरे । 

नेता सिंहले हजारौं वर्षदेखिको धर्म, संस्कृति र सभ्यताको संरक्षण र विकास गर्दै आएको गुठी सम्बन्धि व्यवस्थालाई सरकारले खराव नियतका साथ हटाउन खोजेको आरोपसमेत लगाए । 
 

प्रतिकृया दिनुहोस