१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
संगीतकार
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २९ बुधबार १०:५६:००
Read Time : < 1 मिनेट
नयाँCity

दरबारमार्ग पुग्दा नेपाल समृद्ध लाग्छ : राजु सिंह

लोकेसन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २९ बुधबार १०:५६:००

मलाई उपत्यकाका केही लोकेसनले जहिल्यै तानिरहन्छ । त्यहाँ बस्दा र घुम्दा आनन्द लाग्छ । ती लोकेसनले सधैँ नयाँपन र पाठ सिकाइरहेको हुन्छ । दरबारमार्ग मलाई विशेष लाग्छ । सबै प्रकारका आवश्यकता पूरा गर्ने ठाउँ हो यो । दरबारमार्ग पुग्दा नेपाल समृद्ध लाग्छ । पहिला यहाँ ठूला घर थिएनन् । अहिले भने ठूला घर पनि बने । यो ठाउँ आधा रातसम्म जाग्छ । साँच्चै युरोपियन मुलुकको सहर पुगेको आभास दिलाउँछ दरबारमार्गले । 

काठमाडौंको साह्रै सुन्दर ठाउँ हो वसन्तपुर । अहिले पनि वसन्तपुरले आफ्नो मौलिकता गुमाएको छैन । अनेक कलाले सुसज्जित छ । अद्भूत कौशल र दूरदर्शिता अपनाएर वसन्तपुरको डिजाइन गरिएको छ । यहाँ जाँदा मलाई धेरै आनन्द लाग्छ । केही क्षणका लागि थकान पर भाग्छ । भक्तपुर कला र संस्कृतिले भरिपूर्ण ठाउँ हो । यहाँका दरबारस्क्वायर महत्वपूर्ण सांस्कृतिक सम्पदा हुन् । अनि परम्परगत सांस्कृतिक सम्पदा र रहनसहनले भक्तपुर साह्रै मन पर्छ । यो सहरको मुख्य विशेषता भनेको एकता हो । यो सानो छ र एकतामा बाँधिएको छ ।

दरबारमार्ग आधा रातसम्म जाग्छ, साँच्चै युरोपियन मुलुकको सहर पुगेको आभास दिलाउँछ 

ललितपुरको पाटन र मंगलबजार ज्यादै मन पर्छ । यहाँको कलाकृति र सांस्कृतिक पक्ष साह्रै चित्ताकर्षक छन् । नेवारी कलाकृतिले भरिपूर्ण । नेवारी समुदायको बढी बसोवास भएको हुनाले यो ठाउँ सांस्कृतिक हिसाबले पनि धनी छ । यहाँका झाँकी, चाड, रहनसहन र खानपिन साह्रै लोभलाग्दा छन् । काठमाडौंको बागबजार मलाई एकदम विविधतायुक्त लाग्छ । यहाँका जत्तिका सडक अन्त छैनन् होला । अनेक जाति र वर्गका मान्छेको बसोवास छ । यहाँ बस्दै आएकाहरूमा बडो मेल पनि छ । सामान्य मान्छे पनि सजिलै बाँच्न सक्छ । किनकि, बागबजारले अवसर दिन जानेको छ ।