१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ जेठ २९ बुधबार १०:३९:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यसकारण हुन्छ मुखको क्यान्सर

Read Time : < 1 मिनेट
२०७६ जेठ २९ बुधबार १०:३९:००
  •  मुखको क्यान्सर हुनुका विभिन्न कारण छन् । जसमध्ये पनि धूम्रपान र मद्यपान सेवन यसका मुख्य कारण हुन् । विशेषगरी, निकोटिनयुक्त पदार्थ सेवन गर्ने मानिसमा मुखको  क्यान्सर भएको पाइन्छ । 
  •  मद्यपान गर्ने मानिसमा पनि मुखको क्यान्सर हुने सम्भावना अत्यधिक हुन्छ । अध्ययनअनुसार सुर्तीजन्यसँगै मदिराजन्य पदार्थको सेवन गर्दा १५ प्रतिशत मुखको क्यान्सर हुने सम्भावना थपिन्छ ।
  •  धुवाँको रूपमा प्रयोग गरिने सुर्तीजन्य पदार्थभन्दा पनि मुखमा राखेर खाइने सुर्तीजन्य पदार्थहरू तुलनात्मक रूपमा बढी हानिकारक हुन्छन् । 
  •   भाइरसको संक्रमणबाट पनि मुखको क्यान्सर हुने गर्छ । एचपिबी १६ नामक भाइरसका कारण मुखमा संक्रमण भई क्यान्सर हुन्छ । 
  • रोगप्रतिरोधी क्षमता कम भएका मानिसमा पनि क्यान्सर हुने सम्भावना बढी रहन्छ । 
  •  पोषणको कमी, चोटपटक तथा मुखको कम सरसफाइ आदिजस्ता विभिन्न कारणले मुखमा क्यान्सर हुन्छ । 
  •  विकिरणका कारणसमेत कतिपय अवस्थामा मुखको क्यान्सर हुन्छ । अल्ट्राभाइलेट, आयोनाइजिङ विकिरण, एक्स–रे र सूर्यको प्रकाशले पनि छाला तथा ओठमा क्यान्सर गराउन सक्छ । 
  •  वंशाणुगत गुणका कारणले पनि क्यान्सर हुने सम्भावना हुन्छ । तर, यो ज्यादै कम प्रतिशत मात्र हुन्छ ।