मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ जेठ २९ बुधबार १०:४०:००
Read Time : < 1 मिनेट
खेलकुद

आजको खेलमा जो जम्किन सक्छन्

Read Time : < 1 मिनेट
२०७६ जेठ २९ बुधबार १०:४०:००

स्टिभ स्मिथ (अस्ट्रेलिया)
इंग्लिस र भारतीय समर्थकले सबैभन्दा मन नपराएका खेलाडीमध्येमा पर्छन् स्टिभ स्मिथ । बल टेम्पिरिङ काण्डको सजाय पूरा गर्दै राष्ट्रिय टोलीमा फर्किएका स्मिथले मैदानबाहिर आफूविरुद्ध कस्तो प्रतिक्रिया आइरहेका छन्, त्यसको कुनै वास्ता गरेका छैनन् । त्यसको जवाफ उनले आफ्नो ब्याटमार्फत दिइरहेका छन् । उनले भारतविरुद्ध ६९ रन तथा वेस्ट इन्डिजविरुद्ध ७३ रन प्रहार गर्दै आफ्नो पुरानो छवि कायम राखेका छन् ।

स्मिथको खुबी भनेकै परस्थितिअनुसार ब्याटिङ गर्नु र क्लासिक सट प्रहार गर्नु  हो । इन्डियन प्रिमियर लिगदेखि नै फर्म सुधार गर्दै अघि बढेका उनले विश्वकपमा आफ्नो उपस्थिति प्रभावकारी बनाएका छन् । त्यसैले पाकिस्तानविरुद्धको प्रतिस्पर्धामा स्मिथको मध्यक्रम अस्ट्रेलियाले सर्वाधिक अपेक्षा गरेको छ । यसै कारण उनी पाकिस्तानसँगको प्रतिस्पर्धामा प्रभाव पार्न सक्ने खेलाडीका रूपमा रहेका छन् । 

इमाद वासिम (पाकिस्तान)
पाकिस्तानको राम्रो पक्ष भनेकै फास्ट बलिङ क्षमता हो । ब्याटिङमा कमजोर प्रदर्शन हुँदा बलरको मद्दतमा पाकिस्तानले खेल आफ्नो पक्षमा पारेका इतिहास धेरै छन् । यो विश्वकपमा पाकिस्तानले युवा अलराउन्डरमा इमाद वासिममाथि धेरै विश्वास गरेको छ । यद्यपि विश्वकपमा इमादले  एक खेलमा मात्र मौका पाएका छन् । वेस्ट इन्डिजविरुद्धको प्रतिस्पर्धामा उनले एक रनमात्र बटुलेका थिए ।

अस्ट्रेलियाविरुद्ध इमादलाई विश्वास गर्न सकिनेमा पाकिस्तान विश्वस्त छ । अस्टेलियाका बायाँहाते ब्याट्सम्यानलाई उनले आफ्ना अफ लेगब्रेक बलिङको सहयोगमा दबाबमा राख्न सक्छन् । एकदिवसीय खेलमा ४५ इनिङमा उनले ३९ विकेट लिइसकेका छन् । २०१५ मा श्रीलंकाविरुद्ध डेब्यु गरेका इमादले ब्याटिङमा पाँचपटक अर्धशतक प्रहार गरेका छन् । मौका पाउँदा स्तरीय योगदान दिन सक्ने भएकाले इमाद पनि प्रभावित पार्न सक्ने खेलाडीमा पर्छन् ।