Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २९ बुधबार ०९:३३:००
Read Time : < 1 मिनेट
सप्तरंग

नेहाले सम्झिएकै हुन् पूर्वप्रेमी ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २९ बुधबार ०९:३३:००

बलिउड गायिका नेहा कक्कड यस्तो सेलिब्रेटीमा पर्छिन्, जो सामाजिक सञ्जालमा निकै क्रियाशील छिन् । अहिले टिकटक भिडियोको क्रेज खुब राम्रो छ । नेहा पनि पछि परेकी छैनन् । उनको एक टिकटक भिडियो सार्वजनिक भएको छ । भिडियोमा नेहाले आफ्नो पुरानो म्युजिक भिडियोको टिकटक बनाएकी छिन् । 

नेहाले जुन गीतमा टिकटक बनाएकी छिन्, सो गीतको भिडियोमा पूर्वप्रेमी हिमांश कोहलीको साथमा देखिएकी थिइन् । हिमांश बलिउड अभिनेता हुन् । नेहाले आफ्नो गीतको टिकटक सेयर गरेपछि फ्यानले कमेन्ट गर्न सुरु गरेका छन् । उनका फ्यानले पूर्वप्रेमीको याद आएको भन्दै कमेन्ट गरेका छन् ।

पूर्वप्रेमीलाई सम्झिरहेको भनेर पनि फ्यानले नेहालाई उडाएका छन् । हिमांशले इन्डियन आइडल–१० को सेटमा नेहालाई प्रपोज गरेका थिए ।