दीपक बज्राचार्यले नेपाली र स्पेनिस संगीतलाई संयोजन गरेर ल्याएका प्राय गीत स्राेताले खुब रूचाएका छन् । उनका गीत दर्शकले पनि खुबै रुचाएका छन् । चाहे नयाँ गीत ‘मन मगन’ होस् या अरू पुराना, दीपकलाई भने सन्तुष्टि छैन । त्यसैले उनी फिल्मका गीत गाउन कस्सिएका छन् । मारुनी फिल्ममा उनले ‘जाम न माया जाम’ बोलको गीतमा संगीत र स्वर दिएका छन् ।
दीपकले पहिलोपटक फिल्ममा काम गर्ने मौका पाएपछि निकै मिहिनेत गरेको बताए । उनले भनेका छन्, ‘फिल्ममा काम गर्ने रहर नै नभएको होइन । पहिला अवसर पनि पाएको थिएँ । तर, त्योवेला गरिनँ ।’ आफ्नो छुट्टै फ्यान फलोइङ भएका दीपक फिल्मतिर पनि लोभिएपछि कति सफल होलान्, त्यो त समयले नै बताउनेछ ।