मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
ली क्विङ क्विङ काठमाडाैं
२०७६ जेठ २९ बुधबार ०७:५५:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

व्यापार युद्धमा लुकेको अमेरिकी स्वार्थ

अमेरिकाले व्यापार युद्धमार्फत अत्यधिक दबाब दिनुको अर्थ उसले चीनसँग आफ्नो सर्वोच्चताको माग गर्नु हो

Read Time : > 1 मिनेट
ली क्विङ क्विङ काठमाडाैं
२०७६ जेठ २९ बुधबार ०७:५५:००

अमेरिका र चीनबीचको व्यापार विवादमा सहमति जुटाउन ढिलाइ भइरहेको छ । दुई देशबीच रणनीतिक अविश्वास गहिरिँदो छ । यसको गाँठो फुकाउन राजनीतिक इच्छाशक्ति र प्रेरणाको कमी देखिन्छ । यो के परम्परागत शैलीकै व्यापार युद्ध हो ? सुरुवातमा दुवै पक्षले सोचेका थिए, अमेरिकाले व्यापार युद्धमार्फत द्विदेशीय सम्बन्धलाई पुनः परिभाषित गर्न चाहेको छ । तर, यो दृष्टिकोण तर्कसंगत देखिएन । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीचको व्यापार असन्तुलनको समाधान खोज्ने र अमेरिकी बौद्धिक सम्पत्तिको अधिकारलाई आफूले सोचेजसरी रक्षा गर्ने लक्ष्यसाथ यो कदम चालेजस्तो देखिएको थियो । तर, उनी अतिवादी सल्लाहकारबाट घेरिएका छन् । त्यसको नतिजा, वासिंटनको व्यवहारले देखाएको छ ।  चिनियाँ प्रविधि कम्पनी हुवावेमा अमेरिकाले  क्षति पु-याएको छ । यसले चिनियाँ समाजको त्यो बुझाइमा समर्थन जनाउँछ, जसले अमेरिकी कदम व्यापार असन्तुलन मिलाउन मात्रै नभएर चीनको उच्च प्राविधिक विकासको क्षमता र समग्र विकासलाई प्रभावित गर्ने गरी अघि बढेको ठान्छन् ।

अमेरिकाले दिएको अत्यधिक दबाबपछि चिनियाँ जनतामाझ गम्भीर संकटसमेत सुरु भएको छ । चीनले सम्झौता ग¥यो भने यसको अर्थ अमेरिका–चीन सम्बन्धलाई अमेरिकाले चाहेजसरी परिभाषित गर्न सक्छ भन्ने हुन जान्छ । अमेरिकाले अत्यधिक दबाब दिनुको अर्थ उसले चीनसँग आफ्नो सर्वोच्चताको माग गर्नु हो, यो चिनियाँ राष्ट्रिय सुरक्षाको दुर्घटना हुनेछ ।

चिनियाँ विकासको मोडलले खतरा जन्माएको दाबीसमेत वासिंटनले यदाकदा गर्ने गरेको छ । यता, चिनियाँ जनता सोच्छन्, आफ्नै क्षमतामा चीनले गरेको विकासलाई अमेरिकी कुलीनले स्विकार्न सकेनन् । अमेरिकाले बुझ्न जरुरी छ, चीनको तीव्र विकास राम्रो जीवनको कामना गर्ने चिनियाँ जनताबाट प्रेरित छ । चीनको विकासमाथि अमेरिकाको हृदयदेखिको हस्तक्षेप, चिनियाँ जनताको जीवनस्तर सुधार्ने चाहनालाई रोक्न खोज्ने मनोविज्ञानबाट ग्रस्त छ । अमेरिकाले व्यापार युद्धसँग जोडेर चिनियाँ जनताको चाहनामा हस्तक्षेप गर्न चाहन्छ भने यो खतरनाक हुनेछ । यो चिनियाँ जनताको समष्टिगत अधिकारको युद्ध हुनेछ ।

अमेरिकाले व्यापार युद्धसँग जोडेर चिनियाँ जनताको चाहनामा हस्तक्षेप गर्न चाहन्छ भने यो खतरनाक हुनेछ । यो चिनियाँ जनताको समष्टिगत अधिकारको युद्ध हुनेछ ।

चीन र अमेरिकाले व्यापारमा सहमति गर्न सक्छन्, चिनियाँ विकास जित–जित र सबैको जितको प्रक्रिया हो । यदि चीनको विकासले अन्य देशमा हस्तक्षेप निम्त्यायो भने यो दीर्घकालीन हुन सक्नेछैन । यस्तोमा नियमनका लागि चीन स्पष्ट छ । अमेरिकाले जस्तो मालिकको दृष्टिकोण चीनले स्विकार्दैन । अमेरिकाले करवृद्धिलाई सर्वोच्चता प्रमाणित गर्ने कदमका रूपमा प्रयोग गरेको छ, यसले चीनको राष्ट्रिय स्वार्थ खतरामा पार्छ । अमेरिकाले यस्तै व्यवहार चीनसँग प्रस्तुत गर्छ, कर बढाउँछ, उच्च प्रविधिको आपूर्ति बन्द गर्छ भने चिनियाँ कम्पनीले कुनै पनि मूल्यमा अमेरिकी दबाबको प्रतिकार गर्नेछन् । 

अमेरिका र चीन दुवै स्पष्ट हुन जरुरी छ । व्यापारयुद्ध केका लागि भनेर उनीहरूले एकअर्कालाई स्पष्ट बुझाउन जरुरी छ । दुवैको बोली र व्यवहार मिल्न जरुरी छ र दुवैले एकअर्कालाई विश्वास गर्न जरुरी छ । यस्तो रणनीतिक समस्याले अविश्वासलाई बढावा दियो भने अमेरिका र चीन नयाँ सहमतिमा पुग्न कठिन हुन्छ ।  सहमति भइहाले पनि त्यो चाँडै भंग हुनेछ ।

विश्वव्यापीकरण नतिजा, विश्वव्यापी आर्थिक साझेदारी शीतयुद्धको परिदृश्यभन्दा फरक हो । विश्वका सबै देशका जनता शान्ति चाहन्छन्, उनीहरू द्वन्द्व र अस्थिरताबाट थाकिसकेका छन् । त्यसैले अब नयाँ शीतयुद्धको नीति दीर्घकालीन रणनीति हुन सक्दैन । चीन र अमेरिका दुवैले आफ्नो देशका जनताका लागि हानिकारक अवस्था रोक्नुपर्छ । यदि अमेरिकाले चीनमाथि दमन गर्न खोज्छ भने प्रत्याक्रमण गर्नु चीनको रणनीतिक विकल्प हुनेछ । 
(चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सबाट)