मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष १६ सोमबार ०७:१९:००
Read Time : < 1 मिनेट
समाचार

लागुऔषधसहित चार पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १६ सोमबार ०७:१९:००

प्रहरीले २ सय ३३ ग्राम लागुऔषधसहित झापाबाट चारजनालाई पक्राउ गरेको छ । उनीहरूका साथबाट प्रहरीले लागुऔषध जोख्ने डिजिटल तराजु, मोटरसाइकल, मोबाइल सेट र नगदसमेत बरामद गरेको छ ।  पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ घर भई हाल झापाको दमक–६ बस्ने संग्रामसिंह आङदेम्बे, ताप्लेजुङको थुम्बेदिन घर भई हाल झापाको अर्जुनधारा–१० बस्ने भीमबहादुर अधिकारी, ओममाया खतिवडा र कचनकवल–२ का रेवतीमाया डाँगी छन् । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको सूचनाका आधारमा झापा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूका साथबाट एक थान डिजिटल तराजु, मे १० प ६३० नम्बरको बुलेट मोटरसाइकल, ३ थान मोबाइल सेट र १३ हजार रुपैयाँ नगदसमेत बरामद गररिएको झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । पक्राउ परेका चारैजनालाई प्रहरीले झापा जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।