मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष १६ सोमबार ०७:१४:००
Read Time : < 1 मिनेट
सप्तरंग

सुष्माको लाहुरेनी फूल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १६ सोमबार ०७:१४:००

सुष्मा रुपाबुङ राईको उपन्यास ‘लाहुरेनी फूल’ सार्वजनिक गरिएको छ । मण्डला थिएटरमा भएको कार्यक्रममा कवि श्रवण मुकारुङ, कवि तथा पत्रकार प्रकाश गुरागाईं र अभिनेत्री सिर्जना सुब्बाले उपन्यासको संयुक्त रूपमा विमोचन गरे ।  

कार्यक्रममा कवि श्रवण मुकारुङले उपन्यास पढ्दै जाँदा आफूलाई तानेको बताए । उनले उपन्यासको भाषा निकै सरल रहेको भन्दै प्रशंसा गरे । मुकारुङले भने, ‘लाहुरे संस्कृतिलाई कुशलताका साथ पस्कनुभएको छ । काव्यात्मक शैलीले तरंगित गर्छ ।’

कवि तथा पत्रकार प्रकाश गुरागाईंले किताब सुरुमा प्रेमकथा भनेर पढ्न दिइए पनि आफूलाई प्रेमकथा मात्र नलागेको बताए । उनले भने, ‘प्रेमकथालाई जसरी समाजमा जोडिएको छ, त्यो सबैभन्दा सुन्दर पाटो हो ।’ लैंगिक बोध उपन्यासको गज्जबको पाटो भएको उनले बताए । 

कलाकार सिर्जना सुब्बाले उपन्यास एकै बसाइमा सकेको भन्दै कथाले आफूलाई तानेको बताइन् । ‘किताब पढ्न हतार नगर्ने बानी भए पनि उपन्यासको कथा यसरी बुनिएको थियो कि सुरु गरेपछि अन्त्यसम्म एकै बसाइमा सकाउन बाध्य पा¥यो,’ उनले भनिन् । त्यस्तै, लेखक सुष्मा रुपाबुङ राईले आफूले कुनै अलौकिक कुरा नलेखेको बताइन् ।

उनले भनिन्, ‘मैले लाहुरे संस्कृति र यसका प्रभाव लेख्ने कोसिस गरेको हुँ ।’ ‘लाहुरेनी फूल’ फिनिक्स बुक्सले बजारमा ल्याएको हो ।