मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष १६ सोमबार ०७:१०:००
Read Time : < 1 मिनेट
सप्तरंग

निरन्तर नेतृत्व विमोचित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १६ सोमबार ०७:१०:००

प्रधामनन्त्री केपी शर्मा ओलीले पत्रकार डण्ड गुरुङद्वारा लिखित पुस्तक ‘निरन्तर नेतृत्व’को विमोचन गरेका छन् । तमूहरूको चाड ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा ओलीले सो पुस्तक विमोचन गरेका हुन् । 

प्रधानमन्त्री ओलीले सो पुस्तकले समाजका लागि सकारात्मक सन्देश दिने बताए । लेखेरै समाजलाई योगदान दिने काममा अझ अग्रसर हुनुपर्ने ओलीको भनाइ थियो । तमूहरूले बेलायतमा सामाजिक संस्था स्थापनाका लागि गरेको संघर्षलाई समेटेर पुस्तक लेखिएको हो । पुस्तकमा तमु धीँ युकेको हालसम्म नेतृत्वमा रहेका आठजनाको अनुभव समेटिएको छ।

सो पुस्तक बेलायतमा पनि आइतबार नै विमोचन भएको छ । गण्डकी प्रदेशका योजना तथा अर्थ मामिलामन्त्री किरण गुरुङले बेलायतको रेडिङमा तमुधीँ युकेले गरेको ल्होसार समारोहमा पुस्तक विमोचन गरे । पुस्तक २३२ पृष्ठको छ ।