मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नारायण विश्वकर्मा स्याङ्जा
२०७६ जेठ २७ सोमबार २१:१५:००
Read Time : < 1 मिनेट
समाचार

पुल शिलान्यास गरी फर्कँदै गर्दा यातायात मन्त्रीकाे गाडी खाेलामा पल्टियो

Read Time : < 1 मिनेट
नारायण विश्वकर्मा स्याङ्जा
२०७६ जेठ २७ सोमबार २१:१५:००

पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ चढेको गाडी अर्जुन चौपारी गाउँपालिका–३ घट्टे दरौ खोलामा पल्टिएकाे छ । सहरे खोलाकाे पुल शिलान्यास गरी फर्कने क्रममा मन्त्री चडेकाे बा २ झ ४०२९ नम्बरको गाडी पल्टिएकाे हाे । 

खोलामा गाडी आधा डुबेपछि सुरक्षाकर्मीले मन्त्री महासेठलाई बाहिर निकालेका थिए । खोला तर्ने क्रममा गाडी डुबे मन्त्रीलाई केही भएकाे छैन । खोलामा डुबेको गाडीलाई क्रेनको सहयोगमा बाहिर निकालिएको छ । खोला बढेसँगै बिग्रिएको बाटो मर्मत गरिएको थियो ।

पुल शिलान्यास गर्न स्याङ्जा पुगेका मन्त्री महासेठले जुटेर विकासकाे काम गर्न पर्ने बताएका छन् । “सरकारले चुनावमा गरेका वाचालाई पूरा गर्न लागेको छ,” उनले भने, “सरकारले ल्याएको बजेट बारे नागरिकले राम्रोसँग जानकारी पाएका छन् ।” 

सरकारले स्याङ्जालाई विशेष ढंगले हेरेको भन्दै मन्त्री महासेठले सिद्धार्थ राजमार्गलाई चार लेनको बनाउन लागेको बताए । कार्यक्रममा मुख्य सचिव लोकदर्शन रेग्मीले पुललाई चाँडो निर्माण गरी सुरु गर्न आग्रह गरे ।