१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २९ शनिबार ०८:५९:००
Read Time : < 1 मिनेट
प्रदेश

छुरा प्रहार गरी बाबुको हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २९ शनिबार ०८:५९:००

विराटनगरमा छोराले बिहीबार राति बाबुको हत्या गरेका छन् । विराटनगर महानगरपालिका १७ धुनिया बस्ती बस्ने २२ वर्षीय चुनु मण्डलले ५० वर्षीय बाबु शशी मण्डलको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । 

प्रहरीका अनुसार बिहीबार साँझ मण्डलकी जेठी श्रीमतीका २५ वर्षीय छोरा आकाश र कान्छी श्रीमतीतर्फका २२ वर्षीय छोरा चुनुबीच घरायसी विवाद भएको थियो । छोराहरूबीचको झगडा मिलाउन आएका बाबुमाथि चुनुले छुरा प्रहार गरेका थिए । उनले छुरा हानेर आकाशलाई पनि घाइते बनाएका छन् । 

गम्भीर घाइते भएका शशीको नोबेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । आकाशको भने उपचार भइरहेको छ । प्रहरीले चुनुलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । 

युवती भारत लैजाने पक्राउ 
जोगबनी नाकाबाट एक १९ वर्षीया युवतीलाई भारत लैजाँदै गरेका बर्दीबास नगरपालिका ६ महोत्तरीका १९ वर्षीय ओम सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । सुवेदीले जोगबनी नाका हुँदै बिहीबार साँझ ७ बजेतिर युवतीलाई भारत लैजाँदै थिए । युवतीलाई साना हातहरू नामक संस्थाको पुनस्र्थापना गृहमा पठाइएको मोरङ प्रहरीले जनाएको छ ।