१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नुनुता राई काठमाडाैं
२०७६ जेठ २७ सोमबार ०९:४३:००
Read Time : > 2 मिनेट
नयाँCity

नयाँ स्वादमा रिमठिम

सहरमा रेस्टुरेन्ट

Read Time : > 2 मिनेट
नुनुता राई काठमाडाैं
२०७६ जेठ २७ सोमबार ०९:४३:००

बानेश्वरस्थित संसद् भवनअगाडि नौलो स्वादसहित रिमठिम रेस्टुरेन्ट एन्ड कफी सप सञ्चालनमा आएको छ । सांसद नवीना लामासहितको पाँच सदस्यीय समूहले सञ्चालनमा ल्याएको रेस्टुरेन्टमा उपत्यकाको अन्य रेस्टुरेन्टभन्दा फरक स्वादको खाना, पिज्जा, आइस टी पाइने क्याफे म्यानेजर शरद स्याङ्दन बताउँछन् । स्थानीय उत्पादनलाई महत्व दिँदै नेपाली खाना संस्कृतिलाई प्रोत्साहन गरिरहेको शरदको कथन छ । रिमठिम अर्थात् रीतिरिवाज भनेको खानाको संस्कारसँगै नेपाली संस्कृतिको प्रवद्र्धनमा समेत रेस्टुरेन्टले योगदान गर्ने दाबी उनको छ । 

नेपाली संस्कृति  झल्कने सजावट
रेस्टुरेन्ट तथा कफी सपको सजावट पनि विभिन्न संस्कृति झल्कने किसिमले गरिएको छ । भित्तामा मिथिला चित्र, थान्कालगायतका अन्य परम्परागत घरेलु कृषि उपकरणसमेत सजाइएका छन् । तीनवटा क्याबिनसहित एक सय पचासजना सिट क्षमता रहेको रेस्टुरेन्ट एन्ड कफी सपको सजावट आकर्षक छ । शरद भन्छन्, ‘हामीले रेस्टुरेन्टमा पाइने खाना त स्थानीय स्वादमा राखेका छौँ नै, त्यससँगै यहाँको सजावटमा पनि नेपाली संस्कृति झल्कने किसिमको गरेका छौँ ।’ बानेश्वरमा रहेको यो रेस्टुरेन्टमा पाइने खाना तथा पेय पदार्थको मूल्य एकदम सुपथ रहेको म्यानेजरको स्याङ्दनको दाबी छ । उनी थप्छन् ‘बानेश्वरमा यहाँजत्तिको सुपथ मूल्यमा स्तरीय खाना अन्य ठाउँमा खाना पाउनुहुन्न । हामीले विद्यार्थीलाईसमेत मध्यनजर गर्दै मूल्य राखेका हौँ ।’ 

रिमठिममा पाइने खाना लोकल थाली खाना
सबै प्रकारको रिमठिम स्टाइलको ढिँडोजस्तो मकै, कोदो, गहुँ, फापरको ढिँडो पाइन्छ । मिश्रित पनि पाइन्छ । तरकारी ग्राहकको इच्छाअनुसार लोकल कुखुराको मासु, ब्रोइलर कुखुराको मासु, राँगाको मासु, खसीको मासुलगायतको स्वादमा खान पाइन्छ । ढिँडो बनाउने पीठो लोकल हुन्छ भने चामल पनि लोकल हुन्छ । त्यस्तै गरी मार्सी चामलको खाना, कालिजको मासु, मुस्ताङको सिमीको दाल, अर्गानिक साग पाइन्छ । भेज खाना सेटको दुई सय मात्रै छ भने लोकल थाली खाना सेटको जम्मा तीन सय ७५ मात्रै पर्छ । 


फापरको मःम
रिमठिम स्टाइलमा सबै प्रकारका मःम जस्तो– चिकेन, भेज, मटनमा पाइन्छ । टिमुरको स्वाद पाइने फापरको मःम खान पाउनुहुन्छ । रिमठिम स्टाइलको पिज्जा फरक टेस्टका साथ सुलभ मूल्यमा पाइन्छ । स्थानीय खानासँगै यहाँ चाइनिज, इन्डियन खाना पनि पाइन्छ । विदेशी खाना राख्नुमा भने व्यवसायलाई अगाडि बढाउनुपर्ने बाध्यता रहेको म्यानेजर स्याङ्दन बताउँछन् । भन्छन् ‘हामीले लोकल खानासँगै विदेशी आइटम राख्नुको कारण व्यवसाय अगाडि बढाउन र यस्ता खाना खोज्दै आउनुहुने ग्राहक फर्किन नपरोस् भन्ने हो ।’

पिज्जा आइस टी टेस्ट
रिमठिम स्टाइलमा पाइने फापरको पिज्जाको टेस्ट उपत्यकाको अन्य रेस्टुरेन्टमा नपाइने दाबी म्यानेजर स्याङ्दनको छ । फापरको मिक्स पिज्जा चार सय ५० रुपैयाँमा खान पाइन्छ भने फापरको चीज पिज्जा चार सयमा नै पाइन्छ । त्यस्तै, यहाँ अन्त नपाइने ‘आइस टी’ पाइन्छ । एक सय पचास रुपैयाँ पर्ने आइस टी बेग्लै स्वादको रहेको छ ।

सबै उमेर समूहको रोजाइ 
अहिले रिमठिम सबै उमेर समूहका ग्राहकको रोजाइ बन्दै गइरहेको छ । भर्खरै सञ्चालनमा आएको यो रेस्टुरेन्टले ग्राहकको मन जितिरहेको म्यानेजर स्याङ्दन बताउँछन् । राजनीतिलाई निरन्तरता दिनका लागि व्यवसायबाट टेवा पुगोस् भनेर रेस्टुरेन्ट एन्ड क्याफे सञ्चालन गरिरहेको सांसद नविना लामा बताउँछिन् । सांसद लामा भन्छिन्, ‘सबै विद्यार्थी राजनीतिबाट आएकाले विद्यार्थीलाई समेत लक्षित गरी मूल्य राखेका छौँ । अरूभन्दा सुलभ मूल्यमा खानाको स्वाद लिन सक्नुहुन्छ ।’

हरेक शुक्रबार लाइभ कन्सर्ट
रिमठिममा ग्राहकले हरेक शुक्रबार लाइभ कन्सर्टको रमाइलोका साथ खानाको स्वाद लिन पाउँछन् । नयाँ सांगीतिक समूहसँगै हरेक महिनाको अन्तिम शुक्रबार भने पुराना एवं स्थापित सांगीतिक कलाकारको प्रस्तुति रहने गर्छ ।

नयाँलाई विशेष अवसर 
रिमठिमले नयाँ सांगीतिक समूहदेखि कर्मचारीलाई मान्यता दिने गरेको म्यानेजर स्याङ्दन बताउँछन् । भन्छन्, ‘हामीले नयाँ कलाकार एवं कर्मचारीलाई विशेष मान्यता दिन्छौँ । पुराना स्थापित भइसकेका हुन्छन् भने नयाँलाई स्थापित हुने अवसर दिनुपर्छ भन्ने मान्यता छ ।’ रिमठिममा २२ जना कर्मचारी छन् । 

तस्बिर : अमुल थापा