मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दीपेन्द्र अधिकारी चितवन
२०७६ जेठ २७ सोमबार ०९:२९:००
Read Time : > 1 मिनेट
समाचार

भरतपुर मालपोत कार्यालय भद्रगोल

Read Time : > 1 मिनेट
दीपेन्द्र अधिकारी चितवन
२०७६ जेठ २७ सोमबार ०९:२९:००

मालपोत कार्यालय भरतपुरमा कर्मचारी अभावले तीन महिनादेखि भद्रगोल बनेको छ । समायोजनमा परेका कर्मचारी नआउँदा मालपोतका सेवाग्रहीले निकै सास्ती भोगिरहेका छन् ।
सेवाग्राहीले पाएको सास्तीबारे मालपोत, जिल्ला प्रशसानप्रमुख, भूमि व्यवस्था विभाग जानकार छ । तर, समस्याको सम्बोधन कतैबाट नभएको सेवाग्राहीको गुनासो छ । २७ वैशाखमा मालपोतप्रमुखले एक सातामा सबै समस्या समाधान हुने प्रतिबद्धता जनाए पनि हालसम्म पनि कुनै सुधार भएको छैन ।

मालपोत कार्यालय भरतपुरका प्रमुख लालकृष्ण शर्माले १ कार्यालय सहयोगी र २ जना नासु कर्मचारी मात्रै रहेको बताए । उनीहरू चितवन जिल्लाकै अन्य कार्यालयबाट सरुवा भई मालपोत गएका हुन् । १० जना कर्मचारी एकैचोटि गएको र उनीहरूको स्थानमा ३ जना मात्रै कर्मचारी आउँदा समस्या भएको बताए । ‘जानेहरू रमाना बुझेर तत्कालै गए, आउनेहरू ढिला आए,’ प्रमुख शर्माले भने, ‘धादिङबाट एकजना कर्मचारी हाजिर हुन आएका थिए, रमाना नलिई आएकाले हाजिर गर्न दिइन् ।’

कर्मचारी समायोजन प्रक्रियामा प्रदेश र स्थानीय तहमा १० जना सुब्बा र खरिदार गएपछि अभाव भएको कार्यालयप्रमुख लालकृष्ण शर्माले जानकारी दिए । कर्मचारी अभावले गर्दा सेवा दिइरहेको फाँटहरू गाभिएका छन् । कार्यालयमा काम नै ठप्प हुने स्थिति आएपछि हाल अस्थायी दरबन्दीका कर्मचारी र कम्प्युटर अपरेटरबाट काम गराइएको उनले बताए ।
लेखा अधिकृत ६ महिनादेखि सम्पर्कविहीन 
मालपोत कार्यालय भरतपुरमा लेखा अधिकृतका रूपमा कार्यरत भरतपुर–१२ निवासी रिट्ठे दर्जी सम्पर्कमै छैनन् । मंसिरदेखि दर्जी सम्पर्कविहीन भएका हुन् । लेखा परीक्षणका क्रममा पौने २ करोड बेरुजु देखिएपछि दर्जी सम्पर्कविहीन भएका हुन् । मालपोत कार्यालयले संकलन गरेको एक करोड ७३ लाख रुपैयाँ लिएर २५ मंसिरदेखि नै सम्पर्कविहीन भएको मालपोत कार्यालय भरतपुरले जनाएको छ । दर्जीले हिनामिना गरेका कागजात र राजस्वका प्रमाणहरू सक्कलै अख्तियारले लगिसकेको छ तर उनीविरुद्ध अख्तियारले मुद्दा दर्ता गरेको छैन ।