मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ जेठ २७ सोमबार ०७:५४:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यी हुन् युरिक एसिडको कारण र रोकथाम

Read Time : < 1 मिनेट
२०७६ जेठ २७ सोमबार ०७:५४:००
  •  शरीरमा प्रोटिनको मात्रा बढी भएमा युरिक एसिड बढ्छ । तसर्थ, खानपानमा विशेष ध्यान दिनुपर्छ । यसका लागि पर्याप्त पानी वा झोलयुक्त खानेकुरा सेवन गर्नुपर्छ । जसले बढीभन्दा बढी युरिक एसिड पिसाबको माध्यमबाट बाहिर निकाल्छ ।
  • रातो मासु, सी फुड, दाल, राजमा, च्याउ, बन्दाकोभी, मटर, पनिर र भिन्डीलगायत पदार्थको मात्रा बढी हुँदासमेत युरिक एसिड बढ्ने गर्छ । त्यस्तै, यस्ता खानेकुरा ठिक मात्रामा खानुपर्छ । 
  •  दैनिक भोजनमा करिब पाँच सय ग्राम भिटामिन समावेश गर्न जरुरी छ । त्यस्तै जबर्जस्ती कसरत र तौल कम गर्दासमेत युरिक एसिड हुन्छ । 
  •  उच्च औषधिको सेवन, थाइराइडमा समस्या, आइरनको मात्रा बढेमा र मदिरापानले पनि युरिक एसिड बढ्छ । यसर्थ, यस्ता चिजबाट बच्न आवश्यक हुन्छ । 
  •  युरिक एसिडको लक्षण देखापरेमा चिकित्सकको सल्लाहबमोजिम जोर्नी दुख्ने÷सुन्निने कम गर्ने औषधिको सेवन गर्नुपर्छ । तर, युरिक एसिड कम गर्ने औषधि जथाभावी भने खानुहुँदैन । जसले रगतमा युरिक एसिडको मात्रा अचानक घट्छ । अनि, जोर्नीको वरिपरि युरिक एसिडको क्रिस्टल जम्मा भई झन् दुखाइ बढ्न सक्छ ।