मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ जेठ २६ आइतबार १९:२२:००
Read Time : < 1 मिनेट
खेलकुद

धवन र कोहलीको बिष्फोटक ब्याटिङ, भारतले दियो अष्ट्रेलियालाई ३५३ रनको चुनौती

Read Time : < 1 मिनेट
२०७६ जेठ २६ आइतबार १९:२२:००

शिखर धवन र विराट कोहलीले विष्फोटक ब्याटिङ गरेपछि जारी विश्वकप क्रिकेटमा भारतले अष्ट्रेलियालाई ३५३ रनको चुनौती दिएको छ । भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३५२ रन जोड्यो । 

भारतका लागि शिखर धवनले शतकीय पारी खेले भने कप्तान कोहलीले ८२ रनको महत्वपूर्ण योगदान गरे । १०९ बलमा ११७ रन बनाएका धवनले १६ चौका प्रहार गरे । उनले ९५ बलमा १३ चौकासहित शतक पूरा गरेका थिए । तर, उनले एउटा पनि छक्का भने प्रहार गरेनन् । 

यस्तै, कप्तान कोहलीले ७७ बलमा ४ चौका र दुई छक्कासहित ८२ रन जोडे । अघिल्लो खेलमा दक्षिण अफ्रिकाविरुद्ध शतक प्रहार गरेका रोहित शर्माले आज अर्धशतक पूरा गरे । उनले ५७ रन बनाए भने हार्दिक पाण्ड्या अर्धशतक बनाउन दुई रनले चुके । महेन्द्रसिंह धोनी २७ रनमा आउट भए । लोकेश राहुल ११ रनमा अविजित भए । 

अष्ट्रेलियाका लागि मार्कस स्टोइनीसले २ तथा प्याट कमिङ, मिचेल स्टार्क र नाथन कोल्टर नाइलले १–१ विकेट लिए । भारतले यसअघि आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको थियो । अष्ट्रेलियाले भने अफगानीस्तान र वेष्ट इन्डिजलाई हराउँदै दुई खेलबाट चार अंक बटुलेको छ ।