मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी  नयाँ दिल्ली
२०७६ जेठ २६ आइतबार १४:५५:००
Read Time : < 1 मिनेट
विश्व

जाडोले जमेपछि हतौडाले अण्डा फुटाउँदै भारतीय सेना (भिडियोसहित)

Read Time : < 1 मिनेट
एजेन्सी  नयाँ दिल्ली
२०७६ जेठ २६ आइतबार १४:५५:००

भारतका अधिकांश स्थानमा यतिखेर गर्मीले मानिसहरु अजित छन् । तर सियाचेनमा भने जाडो यति बढेको छ कि, तापक्रम माइनस ६० डिग्री पुगेको छ ।

यस्तोमा सियाचेनमा सीमा सुरक्षामा खटिएका भारतीय सैनिकले सेयर गरेको भिडियो सामाजिक सन्जालमा भाइरल बनेको छ । भिडियोमा तीन जना सैनिकहरु अण्डा, जुसको बोत्तल, आलु हतौडाले फोडिरहेको देखिन्छन् ।

रोचक त के छ भने चार–पाँच पटक हतौडाले हान्दा पनि अण्डा फुट्दैन । सामाजिक सन्जालका भारतीय प्रयोगकर्ताले देशको सीमा रक्षाका लागि सैनिकहरु त्यस्तो चीसो ठाउँमा खटिएको भन्दै प्रशंसा गरेका छन् ।