१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २६ आइतबार १३:२८:००
Read Time : < 1 मिनेट
समाचार

‘एनआरएनए फ्यामिली मेम्बर कार्ड’ वितरण गर्न सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २६ आइतबार १३:२८:००

गैर आवासीय नेपाली संघ (एनआरएनए)ले आफ्ना सदस्यहरुलाई ‘एनआरएनए फ्यामिली मेम्बर कार्ड’ वितरण गर्न सुरु गरेको छ ।

गैर आवासीय नेपाली संघका अध्यक्ष भुवन भट्टले आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी कार्ड वितरण गरेका हुन् । एनआरएनएमा आवद्ध सदस्य तथा सम्बन्धित नागरिकलाई विपद्को समयमा आर्थिक सहायता उपलब्ध गराउन कार्ड वितरण गरिएको अध्यक्ष भट्टले बताए । 

कार्डको वितरणबाट एनआरएनएहरुलाई होटल, ट्राभल ऐजेन्सीलगायतका सेवा प्रदायक संस्थाहरुबाट सहुलियतको व्यवस्था गर्न लागिएको एनआरएनले जनाएको छ । दुई वर्षसम्म नविकरण गर्नु नपर्ने उक्त कार्डको एक हजार रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । यसरी जम्मा भएको सबै रकम विपद् व्यवस्थापनको क्षेत्रमा खर्च हुने अध्यक्ष भट्टले बताए । 

हाल एनआरएनएमा करिब ७० हजार सदस्यहरु आवद्ध रहेका छन ।