मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दीपक–अजर जंगम
२०७६ जेठ २६ आइतबार ११:३१:००
Read Time : > 2 मिनेट
नयाँCity

छोरालाई  बाबुको साथ

Read Time : > 2 मिनेट
२०७६ जेठ २६ आइतबार ११:३१:००

पुस्तान्तर

‘लोलाएका ती तिम्रा दुई ठूला नजरले 
हेरिदिए मलाई चाहिन्न अरू केही’

यो गीत नसुन्ने सुगम संगीतका पारखी सायदै भेटिएलान् । पाकिस्तानी गायक गुलाम अलीले गाएको यो गीतका संगीतकार हुन् दीपक जंगम । चालिसको दशकदेखिका उनका संगीत सिर्जना अहिले पनि उत्तिकै कर्णप्रिय लाग्छन् । जंगमले नारायणगोपाल, बच्चु कैलाश, तारा देवी, भक्तराज आचार्य, फत्तेमान राजभण्डारीलगायतका ‘भेटरान’ गायकसँग काम गरे । अन्तर्राष्ट्रिय जगत्का चर्चित गायक मेहंदी हसन र गुलाम अलीले पनि उनको कम्पोजका गीत गाए । ‘उतिखेर गीत–संगीत कम बन्थे । तर, यादगार बन्थे ।’ उनी भन्छन् ।

सीमित रेकर्डिङ स्टुडियो थिए । अहिलेको जस्तो डिजिटल थिए । छानिएका गायक–गायिकालाई रेडियो नेपालसम्म आइपुग्न गाह्रो थियो । कत्तिका गीत रेकर्ड गर्ने सपना सपनै हुन्थ्यो । जंगम थप्छन्, ‘गाउन पाउनु धेरै ठूलो कुरो हुन्थ्यो ।’

त्यो समय गीतमा बाजा लाइभ हुन्थे । अहिलेको जस्तो डिजिटलले तानतुन पार्न मौका हुँदैनथे । मन परेको बाजा हाल्न महिनौँ लगाएर खोजिन्थ्यो । वाद्यवादक पनि सीमित थिए । बाजाका तालमेल मिल्नुपथ्र्यो । स्टुडियोमा टाइमिङका लागि पालोमा बस्नुपथ्र्याे । लाइभमा पर्फेक्ट हुनुपथ्र्यो । अहिले त कयौँ टेक खाएर पनि गायक हुन्छन् । त्यसवेला त्यस्तो अवसर कमै हुन्थ्यो । सम्झन्छन्, ‘हाम्रा दुःख वेग्लै छन् । तर, कामको नतिजाले ती दुःख बिर्साइदिन्थे । अहिलेको जस्तो सहज थिएन ।’ 

५० वर्षीय सांगीतिक यात्रामा संगीतकार जंगमले एउटा मान्छेको मायाले कति, यी हल्लाहरू हुन् तिमीले सुनेका, यति धेरै माया दिईजस्ता धेरै कालजयी गीत सिर्जना गरेका छन् । उनले पुराना मात्र होइन, युवा पुस्ताका गायकका लागि पनि संगीत तयार पारे । धेरै चेला जन्माएका छन् । 

अजर जंगम, उनै दीपक जंगमका एकल छोरा हुन् । यो पुस्ताका लागि अजर युवामाझ लोकप्रिय भइरहेका छन् । उनले गाएको जिन्दगीले हिसाब माग्छ, आज फेरि एकान्तमा, कुनै दिन कुनै पललगायतका गीत युवाले मन पराएका छन् । बुबा अजरबारे भन्छन्, ‘ऊ सानैदेखि गाउँथ्यो, उसले तोतेबोलीमा पनि धेरैपटक मेरै गीत गाएको छ ।’

५० वर्षीय सांगीतिक यात्रामा संगीतकार जंगमले धेरै कालजयी गीत सिर्जना गरेका छन् । उनले पुराना मात्र होइन, युवा पुस्ताका गायकका लागि पनि संगीत तयार पारे । धेरै चेला जन्माएका छन् । 
 

अजरले बाबुकै पथ पछ्याएका छन् । ग्यालेक्सी स्कुल पढ्दा अजर खाली हुनासाथ गिटार समाएर गीत गाइहाल्थे । गायिका कुन्ती मोक्तान त्यहाँ संगीत शिक्षिका थिइन् । अजरको गीतप्रतिको लगाव देखेर उनी प्रभावित भएकी थिइन् । अजर दीपक जंगमका छोरा भएको थाहा पाएपछि आफूलाई भेट्न आएको दीपक बताउँछन् । भन्छन्, ‘कुन्तीजी अजरको गीत–संगीतप्रतिको लगावबारे कुरा गर्न आउनु भएको अझै याद छ मलाई ।’ 

छोरा अजर गीत–संगीतमा बाबु दीपकलाई नै आइडल मान्छन् । उनी आफ्नो बाबुलाई गीत–संगीको एकेडेमी नै देख्छन् । बाबुको गम्भीरपन खुबै मन पराउँछन् उनी । भन्छन्, ‘सम्बन्ध आफैँमा पूरक हुन्छ । बुबा मेरा निम्ति आदर्श हुनुहुन्छ ।’ उनी बाबुको जस्तो अजम्बरी गीत प्रस्तुत गर्न चाहन्छन् । गायक नारायणगोपाल र आफ्ना बाबुले गरेका कालजयी गीत उनका लागि प्रिय छन् । भन्छन्, ‘३३ वर्ष हुँदा पनि ती गीतको ओज घटेको छैन ।’ आफ्नो प्रतिस्पर्धा घरबाटै सुरु हुने अजर बताउँछन् । आफ्नो बाबुकै लागि भए पनि कमसल गीत गर्न नहुने उनको भनाइ छ । ‘म बुबाको गीतबाटै उठेको हुँ । ती गीतको ओजलाई कायम राख्नुपर्छ,’ उनी दृढ छन् ।

बाबु भन्छन्– ‘अजरले समयअनुसार चल्न जानेको छ’ 
छोरा अजरको गायकीमा म खुसी छु । उसले गायनमा नयाँपन ल्याउन खोजिरहन्छ । नेपाली संगीतमा उसले नयाँ गर्छ भन्नेमा म विश्वस्त छु । ऊ समयअनुसार चल्न जानेको छ ।गीत–संगीतमा उसको गहिरो झुकाव छ । र हाम्रा जमानामा जस्तो अभावको संगीत यात्रा छैन अहिले । त्यसैले, सपोर्ट पायो भने उसले गर्न सक्छ । ऊ मिहिनेती छ । उसको रुचिप्रति हामी निकै पोजिटिभ छौँ । उसले रोजेको बाटोप्रति हामी खुसी छौँ । गीत–संगीतमा भविष्य त्यति छैन । तर, उसलाई दर्शक श्रोताले मन पराइदिएका छन् । मेरो बाटो रोजेको छ । मेरोभन्दा अझै बढी उचाइमा कमाउने छ उसले । 

अजर भन्छन्– ‘बुबा मेरो नेसनल आइकन’
बुबा मेरा लागि सिंगै एकेडेमी हुनुहुन्छ । संगीतको दुनियाँमा उहाँ धुव्रताराजस्तो लाग्छ । मेरो गुड एन्ड ब्याडमा सधैँ साथ हुनुहन्छ । मेरो आइडल हुनुहुन्छ । मलाई संस्कार दिनु भएको छ । मेरा लागि त्यसको लायक बनाउनु भयो, जुन बाटोमा म हिँड्न जान्ने भएँ ।

उहाँकै सपोर्टले म संगीत क्षेत्रमा लाग्न सकेको छु । उहाँ एकदम गम्भीर लाग्छ । मचाहिँ अलिकति चुलबुले छु । तर, गायनमा भने बुबाकै गुण छ मभित्र पनि । बुबा जहिल्यै सल्लाह–सुझाब दिनुहुन्छ । छोरोले कस्तो गाउँछ भन्नेमा उहाँ दर्शकदीर्घाबाट सधैं ध्यानले सुन्ने, हेर्ने गर्नुहुन्थ्यो र भन्नुहुन्छ, ‘पहिला अजर जंगम बन ।’