दरबारमार्ग मन पर्छ : अञ्जन श्रेष्ठ

२०७६ जेठ २६ आइतबार ०८:३५:००

अञ्जन श्रेष्ठ

मलाई काठमाडौंमा सबैभन्दा मन पर्ने ठाउँ दरबारमार्ग हो । दरबारमार्ग ज्वलन्त छ । राम्रा होटेल र रेस्टुरेन्ट त्यहीँ छन् । प्रिमियम ब्रान्डका सोरुम दरबारमार्गमै छन् । सपिङ एक्सपेरियन्स हुन्छ । दरबारमार्ग हाइराइज ठाउँ हो । 

चिल्लो र फराकिलो सडक त्यहीँ छ । सडकमा स्ट्रिट लाइट जोडिएको छ । सडकछेउछाउ हरियाली बनाइएको छ । दरबारमार्ग र रत्नपार्क नजिकै छन् । ‘डे’ र ‘नाइट लाइफ’ दुवै छ । त्यतिको हाइराइज सहरमा अन्यत्र छैन । हप्ताको एकचोटि दरबारमार्गलाई गन्तव्य बनाएरै पुगिन्छ ।

प्रतिकृया दिनुहोस