१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ जेठ २६ आइतबार ०७:४६:००
Read Time : > 1 मिनेट
अर्थ

नयाँ पम्प खोल्न दुई सय ४३ निवेदन

Read Time : > 1 मिनेट
२०७६ जेठ २६ आइतबार ०७:४६:००

नयाँ पेट्रोल पम्पको लाइसेन्स खुलेको डेढ महिनामा देशभर दुई सय ४२ व्यवसायीले निवेदन दर्ता गरेका छन् । करिब तीन वर्षपछि   निवेदन खुला गरिएको भए पनि व्यवसायीको निवेदन कम परेको आलय निगमले जनाएको छ । 

शुक्रबारसम्म सबैभन्दा बढी प्रदेश नम्बर २ मा १ सय नयाँ पम्प सञ्चालनको इजाजत माग्दै निवेदन परेको आयल निगमका उप–निर्देशक विनितमणि उपाध्यायले जानकारी दिए । त्यसपछि भैरहवामा ५२ नयाँ पम्पका लागि निवेदन परेका छन् भने प्रदेश नम्बर एक कार्यालय विराटनगरमा ४२, काठमाडौंस्थित केन्द्रीय कार्यालयमा २७, धनगढीमा ११, पोखरामा पाँच, नेपालगन्जमा ४ र सुर्खेतमा दुईवटा नयाँ पम्पका लागि लाइसेन्स माग भएको छ । 
निगमले १७ वैशाखमा सूचना प्रकाशित गरी नयाँ पम्पको इजाजत लिन प्रस्ताव आह्वान गरेको थियो । आवेदन दिने मिति १३ जेठसम्मका लागि तोकिएको छ । निगमले मध्यपहाडी तथा नयाँ खुलेका राजमार्गलाई लक्षित गरी लाइसेन्स खुलाएको हो । आवेदन दिने सबैको स्थलगत अध्ययनका आधारमा मापदण्ड पुगेको भेटिए लाइसेन्स वितरण गर्ने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए । 

निवेदन दिन यी कागजात चाहिने
 निगमले आवेदकबाट तोकिएको पूर्वाधारअनुसारको कागजात पेस गरेर निवेदन दिन सक्ने व्यवस्था गरेको छ । पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली–०७५  अनुसार सम्बन्धित नापी कार्यालयबाट प्रमाणित पम्प राख्ने स्थानको चार किल्ला खुल्ने नक्सा, नक्साको ब्लु प्रिन्ट, ट्रेस नक्साको विवरण पेस गर्नुपर्छ । स्थानीय निकायले इन्धन बिक्री गर्न स्वीकृति दिएको सिफारिस, लिजमा लिएको भए कम्तीमा १० वर्षको सम्झौतापत्र, नागरिकको प्रतिलिपि र निवेदन दस्तुर ५० हजार बुझाउनुपर्छ ।

नमुना पम्पका लागि ८ निवेदन
निगमले विशेष महत्वका साथ लाइसेन्स वितरण गर्न लागेको नमुना पम्पका लागि भने ८ वटा मात्र निवेदन परेका छन् । निगमका उप–निर्देशक उपाध्यायका अनुसार भैरहवामा तीन र काठमाडौंमा ५ वटा निवेदन परेका छन् । काठमाडौंमा परेका सबै निवेदन पनि यस क्षेत्रका लागि भने होइनन् । ‘मुलुकको कुनै पनि ठाउँमा पम्प खोल्न चाहने व्यवसायीलाई केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने सुविधा दिएका छौँ,’ उनले भने, ‘किनभने काठमाडौं बस्ने मानिसलाई हाम्रा क्षेत्रीय कार्यालय गएर निवेदन हाल्न खर्चिलो लाग्न सक्छ । त्यसैले यहीँ निवेदन दिन सक्ने गरी प्रस्ताव आह्वान गरेका हौँ ।’ नमुना पम्पका लागि तराई र भित्री मधेसका जिल्लाहरू उदयपुर, चितवन, मकवानपुर, सिन्धुली र दाङमा १ बिघा जग्गा र हिमाली÷पहाडी क्षेत्रमा पाँच रोपनी जग्गा हुनुपर्ने मापदण्ड छ । राजमार्गबाट ५ मिटरभित्र पम्प खोल्ने भए १० मिटर चौडाइ बाटोको पहँुच हुनुपर्नेछ ।

यस्तो पम्प विद्युत्को भरमा मात्र सञ्चालन गर्न नपाइने व्यवस्था छ । सौर्य ऊर्जा वा ब्याट्री ब्याकअपसहित २४ सै घन्टा खुला हुनुपर्नेछ । नमुना पम्पमा तेल भर्ने डिस्पेन्सिङ  पम्प पुरानो जडान गर्न पाइँदैन । ४ वटा पेट्रोल र चारवटा डिजेल दिने नयाँ डिस्पेन्सिङ पम्प हुनुपर्नेछ । अपांगमैत्रीसहित पाँचवटा शौचायल, कम्तीमा २० जना बस्न मिल्ने क्यान्टिन, एटिएम मेसिन वा क्रेडिड कार्ड मेसिन, कम्तीमा २० वटा गाडी पार्किङ गर्न मिल्ने पाँच सय वर्गमिटरको क्षेत्र, गाडी धुन मिल्ने सुविधासतिको वर्कसप, २४ हजार लिटर क्षमताको पेट्रोल÷डिजेल अटाउने अन्डर ग्राउन्ड ट्यांकीलगायतको सुविधा हुनुपर्नेछ ।