१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
प्रा.डा. गेहनाथ बराल
२०७६ जेठ २६ आइतबार ०६:५३:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

गर्भावस्थाको खान्की

Read Time : < 1 मिनेट
प्रा.डा. गेहनाथ बराल
२०७६ जेठ २६ आइतबार ०६:५३:००

गर्भावस्थामा आमाले खाने आहारले शिशुको शारीरिक अवस्था निर्धारण गर्छ । सामान्यतया गर्भावस्थामा शारीरिक, मानसिक स्वास्थ्यका साथै हर्मोनमा समेत परिवर्तन आउने भएकोले विशेष ध्यान पुयाउनुपर्ने हुन्छ । त्यस्तै, शरीरमा क्याल्सियम, भिटामिन, प्रोटिन, मिनरल्स र कार्बोहाइडेटजस्ता खानेकुराले महिलामा मात्र नभई शिशुको स्वास्थ्यसमेत स्वस्थ रहन्छ । 

- गर्भावस्थालाई तीन चरणमा विभाजन गरेर खानपानलाई सन्तुलित बनाउन सकिन्छ । सुरुको अवस्था अर्थात पहिलो तीन महिना गर्भवतिका लागि निकै जटिल अवस्था मानिन्छ । खान मन नलाग्ने र वेला–वेलामा बान्ता हुने भएकोले सुरुको तीन महिना शरीरमा पौष्टिक तŒवको कमी हुन जान्छ । लामो समयसम्म शरीरमा भिटामिन नरहने भएकाले भिटामिन बीको कमी हुन्छ । यसका लागि फलफूल, हरियो सागसब्जी, अन्डा, मासु, दाल, गेडागुडी र प्रशस्त मात्रामा 
पानी पिउनुपर्छ ।  
- फोलिक एसिड पाइने खानेकुरा अनिवार्य खानुपर्छ । जसले अपांगता भएको शिशु जन्मनबाट बचाउँछ । खाना नरुचेमा भिटामिनको सप्लिमेन्ट 
खान सकिन्छ ।
- दोस्रो तीन महिना अर्थात् ६ महिनासम्मको अवधिमा बच्चा र आमालाई बढी पोषणको आवश्यकता पर्छ । गर्भ बढ्दै जाने भएकाले बढी क्यालोरीको आवश्यकता पर्दै जान्छ । यो अवधिमा खाना पच्ने भएकाले प्रोटिन, भिटामिन र मिनरल्स पुग्नेगरी खाना खानुपर्छ । 
- शरीरमा पौष्टिक तत्वको कमी भएमा कुपोषण तथा रक्तअल्पता हुने सम्भावना बढी हुन्छ । त्यसैले, खानपानमा विशेष ध्यान 
दिनुपर्ने हुन्छ । 
- तेस्रो चरण अर्थात् ६ महिनादेखि सुत्केरी भएको डेढ महिनासम्म स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने हुन्छ । सुत्केरी हुँदा रगत बगेर जाने गर्छ । यो वेला बच्चाको दूधका लागि पनि पौष्टिक आहारको बढी आवश्यकता पर्छ । त्यस्तै पछिल्लो चरणमा बच्चाको वृद्धिविकास हुने समय भएकाले क्याल्सियजन्य खानेकुरा आवश्यक हुन्छन् ।
- खानेकुराबाट पौष्टिक आहारको परिपूर्ति नहुने अवस्था आएमा आइरन, क्याल्सियम सप्लिमेन्ट दिनुपर्छ । जसले प्रतिरोधी क्षमताको पनि विकास गर्छ ।    

बराल परोपकार प्रसूतिगृहका स्त्री तथा प्रसूतिरोग विशेषज्ञ हुन् ।