मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अमर न्यौपाने, आख्यानकार
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २६ आइतबार ०७:०६:००
Read Time : < 1 मिनेट
साहित्य

दर्शनका किताब मन पर्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २६ आइतबार ०७:०६:००

- अहिले के पढ्दै हुनुहुन्छ र पढिरहेको किताब कस्तो लागिरहेछ ? 
कलाकार मनुजबाबु मिश्रका पाँच निबन्ध लगातार पढिरहेछु । उनका निबन्धहरूको किन चर्चा भएन भन्ने लागिरहेछ । उनको लेखन र चिन्तनको गहिराइ प्रशंसायोग्य छ । सँगसँगै लिभिङ विद द हिमालयन मास्टर्स भन्ने स्वामी रामाको आध्यात्मिक यात्रासम्बन्धी किताब पढ्दै छु । एकदम सरल र गहन लाग्दै छ । 

- कस्ता किताब बढी रुचाउनुहुन्छ ?
कला र कुरा दुवै गहन तथा नौलो भएका किताब मन पर्छ । जानकारी मात्र भएका किताब पढ्न मन लाग्दैन । त्यसका लागि त गुगल, युट्युब आदि छँदै छन् नि ! अनुभूतिको गहिराइ र दार्शनिक किताब पढ्न मन पर्छ । त्यसमा आध्यात्मिकता, करुणा र व्यवहार पनि होस् ।

- किताब किन्ने आधार के बनाउनुहुन्छ ? 
राम्रा किताबको चर्चा हुन्छ । तर, सबै राम्रा किताबको चर्चा हुँदैन । त्यसैले चर्चालाई मात्र आधार बनाउँदिनँ । कतिपय किताब लेखक हेरेर छान्छु । त्यस्तै, नयाँ लेखकका किताब दुई-चार पेज पढेर छान्छु । गेस्टालले भनेजस्तै रगतको स्थिति थाहा पाउन शरीरभरिको रगत परीक्षण गरिरहनुपर्दैन एक थोपा रगत परीक्षण गरे पुग्छ ।

- कस्ता किताब कति सिटिङ पढ्नुहुन्छ ? 
म ढिलो पढ्छु । सानै किताब पनि धेरै सिटिङ लगाएर पढ्छु । हातमा रातो कलम या सिसाकलम लिएर मन परेको ठाउँमा अन्डरलाइन गर्दै, मन नपरेको ठाउँमा केर्दै र कमेन्ट लेख्दै पढ्छु । अझ पहिलेपहिले अलि फुर्सद हुँदा त मन परेका हरफ कापीमा सार्दै पढ्थेँ । 

- अरूलाई कस्ता किताब पढ्न सल्लाह दिनुहुन्छ ? 
आफ्नो रुचिअनुसारको पढ्नुहोस् । अरूको रुचि आफूमा नथोपर्नुहोस् ।