Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ जेठ २५ शनिबार १७:५०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

विधेयकको विरोध गर्दै पत्रकारद्वारा हाते साङ्लो बनाएर प्रर्दशन

Read Time : < 1 मिनेट
२०७६ जेठ २५ शनिबार १७:५०:००

मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारले हातेसाङ्लो बनाउँदै प्रर्दशन गरेका छन् । नेपाल पत्रकार महासंघको आयोजनामा शनिबार काठमाडौंको बबरमहलमा पत्रकारले मानव साङ्लोसहित प्रर्दशन गरी विधेयकको विरोध गरेका हुन् ।

पत्रकारको हाते साङ्लो बबरमहलदेखि बानेश्वरसम्म पुगेका थिए । कार्यक्रममा पत्रकार महासंघका पूर्व पदाधिकारी, विभिन्न संचारगृहका सम्पादक, पत्रकारको उल्लेख्य सहभागिता थियो । महासंघका पूर्व अध्यक्ष सुरेश आचार्यले पत्रकार महासंघ वार्ताका लागि तयार रहँदासमेत सरकारले वेवास्ता गरेकाले स्वतन्त्र प्रेसका लागि सडक संघर्षमा उत्रनु परेको बताए ।

प्रेसलाई अंकुश लगाउने गरी सरकारले विधेयक ल्याएको भन्दै संचारकर्मी, मानव अधिकारकर्मीलगायतले विरोध गर्दै आएका छन् । महासंघले समेत विधेयकको विरोधमा चरणबद्ध कार्यक्रम गर्दै आएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत विधेयकको विरोध गर्दै आएको छ ।