मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २४ शुक्रबार १३:४०:००
Read Time : < 1 मिनेट
समाचार

सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सकेन : नेता रिजाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २४ शुक्रबार १३:४०:००

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन् । 

नेता रिजालले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु आपत्तिजनक रहेको बताए । शुक्रबार काठमाडौंमा आयोजित आगामी आर्थिक वर्षको बजेट सम्बन्धि एक अन्तरक्रिया कार्यक्रममा उनले रोजगारीको अवसर सृजना गर्न सरकार गम्भीर नभएको दावी गरे । आगामी आर्थिक वर्षको बजेटमा सरकारले रोजगारीको अवसर सृजनाका लागि आवश्यक लगानीको जोहो गर्न नसकेको नेता रिजालको दावी छ । छायाँ सरकारका अर्थमन्त्रीसमेत रहेका रिजालले एक वर्ष भित्र ५ लाख नागरिकलाई रोजगारीको अवसर दिने कार्यक्रम किन ल्याउन नसकेको ? भनि सरकारलाई प्रश्न रेका थिए । 

नेता रिजालले सरकारले वैदेशिक रोजगारीमा गएका नागरिकलाई देश भित्रै अवसर सृजना हुने गरी कुनै पनि कार्यक्रम बजेटमा ल्याउन नसकेको बताए ।