मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी  इङल्याण्ड
२०७६ जेठ २४ शुक्रबार १०:५६:००
Read Time : < 1 मिनेट
खेलकुद

आइसीसीले बीसीसीआइलाई भन्यो, धोनीको पञ्जाबाट सेनाको लोगो हटाऊ

Read Time : < 1 मिनेट
एजेन्सी  इङल्याण्ड
२०७६ जेठ २४ शुक्रबार १०:५६:००

विश्वकप क्रिकेट २०१९ अन्तर्गत दक्षिण अफ्रिकासँग बुधबार भएको पहिलो खेलमा भारतीय ब्याट्सम्यान-विकेटकिपर महेन्द्रसिंह धोनीले लगाएको पञ्जामा भारतीय सेनाको लोगो थियो ।

भारतीय सेनाका मानार्थ लेफ्टिनेन्ट कर्णेलसमेत रहेका धोनीले राष्ट्र र सेनाप्रति सम्मान देखाएको भन्दै सामाजिक सन्जालमा उनको निकै प्रशंसा पनि भयो ।

तर अब भने भारतीय क्रिकेट टोलीका पूर्वकप्तान धोनीले भारतीय सेनाको लोगो भएको पन्जा लगाउन नपाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) लाई भनेको छ कि, धोनीको पञ्जाबाट त्यो लोगो हटाऊ ।

आइसीसीका रणनीतिक सन्चारसम्बन्धी महाप्रबन्धक क्लेयर फुर्लोङले विश्व प्रतियोगितमा राजनीतिक, धार्मिक र जातीय सन्देश झल्किने कुनै पनि कुरा आइसीसीको उपकरण तथा पोशाक नियमनले निषेध गर्ने भन्दै लोगो हटाउन बीसीसीआईसमक्ष आग्रह गरेका हुन् ।