मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २३ बिहीबार १९:१८:००
Read Time : < 1 मिनेट
खेलकुद

विश्वकप क्रिकेट : वेष्टइन्डिजलाई अष्ट्रेलियाले दियो २८९ रनको चुनौती, ८ रनले शतकमा चुके निल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २३ बिहीबार १९:१८:००

विश्वकप क्रिकेटमा अष्ट्रेलियाले वेष्ट इन्डिजलाई दुई सय ८९ चुनौती दिएको छ । खेलकाे सुरूवातमा अष्ट्रेलियाले खराब प्रदर्शन गरे पनि पछिल्लो क्रमका ब्याट्सम्यानले राम्रो प्रदर्शन गरेसँगै ४९ ओभरमा सबै विकेट गुमाएर दुई सय ८८ रन बनायो । 

अष्ट्रेलियाका लागि आठौँ नम्बरका ब्याट्सम्यान नाथन कोल्टर निलले ९२ रनको पारी खेल्दै टिमको स्कोर माथि उकासे । खेलमा उनी शतक बनाउन भने ८ रनले चुक्न पुगे । उनलाई ७३ रन बनाएर स्टिभ स्मिथले साथ दिएका थिए । 

खराब सुरुवात गरेको अष्ट्रेलियाले ओपनरद्वय डेबिट वार्नरलाई ३ र आरोन फिन्चलाई ६ रनमा गुमायाे । उस्मान ख्वाजा १३, ग्लेन म्याक्सवेल शुन्य, मार्कस स्टोइनिस १९, प्याट कमिङ ८, मिचेल स्टार्क २ रनमा आउट भए । एलेक्स केरीले ४५ रनको योगदान गरे भने आदम जाम्पा अविजित रहे पनि खाता खोल्न सकेनन् । 

वेष्ट इन्डिजका लागि कार्लोस ब्रेथवेटले सर्वाधिक ३ विकेट लिए भने ओसेन थोमस, सेल्डन कोट्रेल, र एन्ड्रे रस्सेलले २–२ तथा ज्यासन होल्डरले १ विकेट लिए ।