१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रासस काठमाडाैं
२०७६ जेठ २३ बिहीबार १४:३३:००
Read Time : < 1 मिनेट
समाचार

काठमाडौंको बिजुली बजारमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु 

Read Time : < 1 मिनेट
रासस काठमाडाैं
२०७६ जेठ २३ बिहीबार १४:३३:००

काठमाडौँ महानगरपालिका–१० बिजुली बजारमा बिहीबार सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

साइकललाई ठक्कर दिएको बा४१प ५३६ नंको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक ललितपुर महानगरपालिका–१२ घर भएका ३७ वर्षीय अम्मरराज ताम्राकारको एभरेष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटना आज बिहान ४ः३० बजे भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साइकल चालक फरार रहेकाले खोजी भइ रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका–५ घर भई कोटेश्वर बस्ने २१ वर्षीया नीमा लामालाई थप उपचारका लागि ट्रमा सेन्टर पठाइएको छ ।