मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १५ बिहीबार
  • Thursday, 27 February, 2025
२o८१ फाल्गुण १५ बिहीबार २o:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

आवश्यक कागजातविनै चलाउँदै आएका भारतीय नम्बरका २८ मोटरसाइकल वीरगन्ज भन्सार कार्यालय चलान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण १५ बिहीबार २o:३६:oo

जिल्ला प्रहरी कार्यालय कलैया बाराले २८ वटा भारतीय नम्बर प्लेटको मोटरसाइकल भन्सार चलान गरेको छ। आवश्यक कागजात नमिलेका विभिन्न कम्पनीका भारतीय नम्बर प्लेटका २८ वटा मोटरसाइकल कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दिलीपकुमार थापाले जानकारी दिए।

बारा प्रहरीले १४ फागुनमा एकैदिन जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्दा भन्सार नतिरेका, आवश्यक कागजपत्र नभएका, कानुनविपरीत रहेका भारतीय नम्बर प्लेटका ती मोटरसाइकल नियन्त्रणमा लिएको बारा प्रहरीले जनकारी दिएको छ।

बरामद मोटरसाइकलहरूको बजार मूल्य अन्दाजी २५ लाख रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।