मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण १५ बिहीबार
  • Thursday, 27 February, 2025
सौरभ यादव राजविराज
२o८१ फाल्गुण १५ बिहीबार २o:२४:oo
Read Time : < 1 मिनेट
समाचार

माओवादीको ‘तराई–मधेश जागरण अभियान’ सप्तरीमा

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ फाल्गुण १५ बिहीबार २o:२४:oo

झापाको कचनकबलबाट सुरु भएको माओवादीको ‘तराई मधेश जागरण अभियान ’टोली  बिहीबार सप्तरी प्रवेश गरेको छ। हुलाकी मार्ग एवं पूर्व-पश्चिम लोकमार्गमा आधारित जनतासँगको जागरण अभियानअन्तर्गत पार्टी अध्यक्ष पुष्पकमल दाहालसहितको टोली बिहीबार साँझ सप्तरी प्रवेश गरेको माओवादीका नेता उमेशकुमार यादवले जानकारी दिए।

यादवका अनुसार टोली आज हनुमाननगरमा कार्यकर्ताको घरमा वास बस्नेछ। भोलि शुक्रबार बिहान हनुमाननगरदेखि मन्सापुर तोपा झलही नहरचोक हुँदै अभियानको र्‍याली राजविराज जिल्ला समन्वय समितिको सभा हलमा पुगी सभामा परिणत हुनेछ। त्यसपछि छपकी भथौलमा सहिद इन्द्रदेव विश्वास र बनौलामा सहिद रमेश राम केको शालिक अनावरण कार्यक्रम रहेको उनले बताए।