मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ जेठ २२ बुधबार १७:५०:००
Read Time : > 1 मिनेट
समाचार

विज्ञान क्षेत्रमा उत्कृष्ट कार्य गर्ने दुई संस्था र १८ जना पुरस्कृत

Read Time : > 1 मिनेट
२०७६ जेठ २२ बुधबार १७:५०:००

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले विज्ञान तथा प्रविधि क्षेत्रमा योगदान पु-याउने २० व्यक्ति र संंस्थालाई पुरस्कृत गरेको छ । प्राज्ञसभाको निर्णय बमोजिम नवप्रवर्तन, अनुसन्धान र प्रविधि विकासमा सहयोग पु-याउने दुई संस्था र १८ जनालाई नगद र प्रशंसा–पत्रसहित पुरस्कृत गरेको हो ।

पुरस्कृतहरुलाई नाष्ट परिसरमा आयोजित समारोहकाबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले पुरस्कार वितरण गरे । यस्तै, नाष्टले नेपालको विज्ञान र प्रविधिको क्षेत्रमा अमुल्य योगदान पु¥याउने पाँच जनालाई कदर–पत्रसहित सम्मान गरेको छ । नाष्टले प्राणीविज्ञानतर्फ प्रो.डा.तेजकुमार श्रेष्ठ, इन्जिनियरिङतर्फ डा.नन्दराज स्थापित, औषधी विज्ञानतर्फ डा.हेमाङ्ग दिक्षित, पशुचिकित्सा क्षेत्रमा इन्जिनियरिङतर्फ नरेन्द्र बहादुर सिंह र गणिततर्फ प्रो.डा.शान्ति बज्राचार्यलाई सम्मान गरेको हो । 

नाष्टले हरेक वर्ष वितरण गर्ने प्रकृति संरक्षण पुरस्कार भक्तपुरको सामुदायिक वन उपभोक्ता महासंघले पाएको छ । विज्ञान पुरस्कार–०७५ बाट प्रा.डा. मेघराज धिताल (दाङ), प्रविधि पुरस्कारबाट प्रा.डा.विनयकुमार झा (सप्तरी), विज्ञान तथा प्रविधि युवा पुरस्कारबाट प्रा.डा.भानुभक्त न्यौपाने (गुल्मी), विज्ञान तथा प्रविधि युवा पुरस्कारबाट डा.महेशकुमार जोशी (डडेलधुरा), डा.अजय पौडेल (चितवन), दिपेन्द्र गौतम (झापा) र डा.इन्दिरा पराजुली (कास्की) पुरस्कृत भएका छन् । 

यसैगरी सभाले विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कारबाट नेपाल पोलिमर इन्स्टिच्युट (काडमाडौँ) र माधवप्रसाद अधिकारी (काभे्र), विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कारबाट गोरखापत्रका उमेशकुमार ओझा (कैलाली), ट्वास पुरस्कारबाट डा.सुदीप ठकुरी (काभ्रे) र डा.सविन बसी (काठमार्डौँ), दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कारबाट मिनु अधिकारी र मितेश श्रेष्ठ (त्रिविवि, किर्तिपुर), नविल विज्ञान तथा प्रविधि पुरस्कारबाट डा.टेकबहादुर गुरुङ (स्याङ्जा), डा.रबा थापा (प्युठान), डा.गजेन्द्र शर्मा (स्याङ्जा), र डा.विजया पन्त (तेह्रथुम) तथा फणिन्द्र प्रसाद न्यौपाने अनुसन्धान पुरस्कारबाट सरिता पौडेल (त्रिविवि, किर्तिपुर) लाई पुरस्कृत गरेको छ । 

नाष्टका उपकुलपति डा.सुनिलबाबु श्रेष्ठले आगामी वर्षबाट कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार, महिला वैज्ञानिक पुरस्कार, उत्कृष्ट विज्ञान शिक्षक पुरस्कार र उत्कृष्ट विज्ञान विद्यार्थी पुरस्कार समेत वितरण गरिने बताए ।