मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अमुल थापा काठमाडाैं
२०७६ जेठ २२ बुधबार १०:४२:००
Read Time : < 1 मिनेट
नयाँCity

गुँड देखाएर पोथी फकाउँदै तोप चरा

सहरमा चरा

Read Time : < 1 मिनेट
अमुल थापा काठमाडाैं
२०७६ जेठ २२ बुधबार १०:४२:००

यो पात सिएर गुँड बनाउने तोप चराको प्रेमकथा हो । भालेले कीर्तिपुरको भत्केपाटीमा गुँड बनाइसकेका छन् । गुँड बनाउने एउटा चरण पूरा भएपछि पोथीलाई ल्याएर देखाउँछ । यदि पोथीलाई मन परे भालेसँगै बस्छ । गुँडलाई अझ राम्रो बनाउन सघाउँछ । मन नपरे छाडेर जान्छ ।

एउटा पोथीले मन नपराए भालेले अर्को पोथी ल्याएर गुँड देखाउँछ । अथवा नयाँ गुँड बनाएर पुरानै पोथी फकाउने प्रयास गर्छ । सँगै बस्न थालेपछि बच्चा कोरल्छन् । नेपालको तराईमा चार प्रकारका तोप चरा पाइन्छ ।

स्ट्रिक विबर, यलो विबर, ब्ल्याक वेस्टेड विबर र बया प्रजातिमध्ये बया मात्र काठमाडौं आउँछ । यो चरा वर्षामा बच्चा कोरल्न काठमाडौं आउँछ । यतिवेला काठमाडौंको कीर्तिपुरमा गुँड बनाएर भाले तोप चराले पोथी फकाइसकेका छन् । अब बच्चा कोरलेपछि यी चरा तराई झर्छन् ।