मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २२ बुधबार ०८:११:००
Read Time : < 1 मिनेट
सप्तरंग

झिंगे दाउमा के होलान् मुकुन ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २२ बुधबार ०८:११:००

बुलबुल फिल्मका चोपेन्द्र अर्थात् मुकुन भुसालको हातमा दोस्रो फिल्म परेको छ । फिल्ममा गुल्मी–अर्घाखाँचीतिर बोलिने लवजमा प्रस्तुत भएका उनलाई दर्शकले मन पराए पनि दोस्रो फिल्म हात पर्न भने झन्डै पाँच महिना नै लाग्यो । 

मुकुनलाई ज्ञानेन्द्र देउजाले आफ्नै निर्माण र निर्देशनमा बन्ने झिंगे दाउ फिल्ममा लिएका हुन् । बक्स अफिसमा कुनै कमाल देखाउन नसकेको भए पनि बुलबुललाई निर्माता, निर्देशकले हिट भएको भन्दै आएका छन् । पहिलो फिल्ममा त स्थानीय लवजका कारण चर्चा पाए मुकुनले । तर, साहित्यकार भीमनिधि तिवारीको चर्चित कथा झिंगे दाउमा बन्ने फिल्ममा चाहिँ उनले आफूलाई कुन नयाँ रूपमा प्रस्तुत गर्लान्, के उनले नयाँ शैलीको अभिनय पस्कन सक्लान् त ?  त्यो भने हेर्न बाँकी नै छ ।