Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २० सोमबार १६:१८:००
Read Time : < 1 मिनेट
समाचार

कूटनीतिक मर्यादाअनुसार काम हुन सकेन : भिम रावल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २० सोमबार १६:१८:००

सत्तारुढ दल नेकपाका नेता भीम रावलले अमेरिकी राजदुत र्‍याण्डी बेरीका कूटनीतिक मर्यादा विपरित गतिविधि रोक्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । उनले बजेटमा राष्ट्रिय स्वाभिमानमा जोड दिएपछि व्यवहारमा सरकारले सोहीअनुसार काम गरेर देखाउन नसकेको स्पष्ट पारे । 

अमेरिकी राजदुत बेरीले ‘राजदुतसँग गफगाफ’ कार्यक्रम संचालन गर्नु कूटनीतिक मर्यादा विपरित भए पनि नियन्त्रण गर्न नसकेको उनको भनाइ छ । सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उनले भियना अभिसन्धि विपरित अमेरिकी राजदुत बेरीले कार्यक्रम संचालन प्रति आपत्ति जनाए ।

यस्तै, नेता रावलले देश प्रेममा सघाउ पुर्‍याउने गरी पाठ्यक्रम निर्माण गर्ने व्यवस्था गरे पनि व्यवहारमा त्यस विपरित कोरियाली विवादास्पद विश्वविद्यालयलाई प्राथमिकता दिएकोमा आपत्ति जनाए । केही दिनअघि कोरियाको काङनाङ विद्यालयले त्रिभुवन विश्वविद्यालयसँग ५ वर्षका लागि शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने सम्झौता गरेको थियो । सो विश्वविद्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो ।

नेता रावलले बजेटमा उल्लेख गरिएका राम्रा कामलाई कार्यान्वयनमा लैजान जोड दिन सरकारको ध्यानाकर्षण गराए ।