Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका / काठमाडौं
२०७६ जेठ १९ आइतबार १३:५८:००
Read Time : < 1 मिनेट
समाचार

समृद्ध तराई मधेस कार्यक्रममा बजेटमा नसमेटिएकोमा राजपाको आपत्ति  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका / काठमाडौं
२०७६ जेठ १९ आइतबार १३:५८:००

राष्ट्रिय जनता पार्टीका नेता तथा सांसद महन्थ ठाकुरले समृद्ध तराई मधेस कार्यक्रम बजेटमा समावेश नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा उनले मधेसमा संचालन भइरहेको सम्मृद्ध तराई मधेस कार्यक्रम बजेटमा नआएको भन्दै त्यसबारे अर्थमन्त्रीसँग जिज्ञासा राखेका हुन् । 

उनले सिंचाईका लागि मधेसका गाउँमा ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेका पोखरी रहेकोले संरक्षणमा ध्यान दिन सके सरकारले अघि सारेको सिंचाई सुविधाको कार्यक्रम सफल हुने बताए । पर्यटन, धार्मिक तथा सांस्कृतिक धरोहरको संरक्षणका विषय बजेटमा आएपनि मधेसमा रहेको गढीमाई, सिम्रौनगढ, जलेश्वर, परौलास्थान,धनुषक्षेत्र तथा सिरहा सप्तरीका थुप्रै पर्यटकीय स्थलको संरक्षण र सम्वद्र्धनलाई समावेश गर्न आग्रह गरे ।  

उनले सौर्य उर्जाको उपयोग गरेर प्रदेश २ लाई अन्धकार मुक्त राख्ने, भूमिगत सिंचाई, हुलाकी सडक जस्ता योजनालाई बजेटमा प्राथमिकता दिएकोमा अर्थमन्त्रीलाई धन्यवाद दिँदै बजेट कार्यान्वयनका लागि सुझाव दिए ।