मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका/काठमाडौं
२०७६ जेठ १९ आइतबार ०६:३२:००
Read Time : < 1 मिनेट
अर्थ

एक वर्षमा गोल्डेन ओक १० लाख कार्टुन बिक्री

गुणस्तरीय उत्पादन भएकाले रेकर्ड बनाएको कम्पनीको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका/काठमाडौं
२०७६ जेठ १९ आइतबार ०६:३२:००

हिमालयन डिस्टिलरीको गोल्डेन ओक एक वर्षमा १० लाख कार्टुन बिक्री भएको छ । यो बिक्री परिमाण हालसम्मकै ऐतिहासिक भएको कम्पनीको दाबी छ । गुणस्तरीय उत्पादन भएकै कारण उपभोक्ताको रोजाइमा परेर बिक्रीमा  रेकर्ड कायम गर्न सफल भएको कम्पनीले जनाएको छ ।

हिमालयन डिस्टिलरीका जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गतको कम्पनी हो । ‘गोल्डेन ओकको उत्पादन प्रक्रियाका क्रममा स–साना तत्वलाई समेत ध्यान दिइने कम्पनीको भनाइ छ । ‘उच्चस्तरीय कच्चा पदार्थको मिश्रणका साथ अग्राखका ठेकीमा परिपक्व गरेर बनाइने यो ब्रान्डमा उच्चस्तरीय स्वादको असलपना पाइन्छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

४० युपीको यो मदिरा उपभोक्ताले सहजै ग्रहण गर्न सक्ने कम्पनीको दाबी छ । अन्तर्राष्ट्रियस्तरकै उत्पादन भएकाले गोल्डेन ओक १० लाख कार्टुन बिक्री भएको जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाहले बताए ।