Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ जेठ १८ शनिबार १७:३६:००
Read Time : < 1 मिनेट
समाचार

झापाकाे राइस मिलमा आगलागी, दुई करोडको क्षति

Read Time : < 1 मिनेट
२०७६ जेठ १८ शनिबार १७:३६:००

भद्रपुर–६ स्थित भद्रपुर एग्रो राइस मिलमा शनिबार आगलागी भएको छ । व्यवसायी सन्तोष र राजेश गुप्ताले भर्खरैबाट सञ्चालनमा ल्याएको राइस मिलमा आगलागी भएको हो ।

आगलागीबाट मेसिनरी सामान जलेर नष्ट हुँदा करिब दुई करोड रुपैयाँ भन्दा बढीको क्षति भएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए । उद्योग बन्द रहेकोले मानवीय क्षति नभएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

 विद्युत चुहावट भएर आगलागी भएको हुन सक्ने प्रहरीको भनाइ छ ।
भद्रपुर  र बिर्तामोड नगरपालिकाको गरी तीनवटा दमकलले एक घण्टामा आगलागी नियन्त्रणमा लिएको थियो ।