मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/ काठमाडाैं
२०७६ जेठ १७ शुक्रबार १५:०४:००
Read Time : < 1 मिनेट
समाचार

पाँच प्रहरी अधिकृत पुरस्कृत

Read Time : < 1 मिनेट
रासस/ काठमाडाैं
२०७६ जेठ १७ शुक्रबार १५:०४:००

नेपाल प्रहरीले राम्रो काम गर्ने पाँच प्रहरी अधिकृतलाई पुरस्कृत गरेको छ । 

प्रहरी प्रधान कार्यालयले विभागीय नीति निर्देशनलाई आत्मसात् गरी निर्दिष्ट जिम्मेवारी तदारुकता साथ पालना गराउने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने पाँच प्रहरी अधिकृतलाई बिहीबार जनही दुई हजार ५०० नगदसहित पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङ, दानबहादुर कार्की, मुकुन्द मरासिनी, प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेल र प्रहरी निरीक्षक गोविन्द पन्थी रहेका छन् ।

पुरस्कृत प्रहरी अधिकृतलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नगदसहित सम्मान पत्र प्रदान गरेका थिए  । पुरस्कृत हुनेमध्ये खापुङ र पन्थीले कर्मचारी प्रशासन शाखामा रहेर कर्मचारीको सरुवा, बढुवामा महत्वपूर्ण भूमिका खेलेका थिए भने कार्कीले प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर महत्वपूर्ण योगदान गरेका थिए । 

यस्तै कँडेलले सरुवा, बढुवा भएका कर्मचारीलाई सम्बन्धित ठाउँमा पठाउन महत्वपूर्ण भूमिका खेल्नुलेका थिए भने मरासिनीले प्रहरी प्रधान कार्यालयको निर्णयलाई शतप्रतिशत कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । 

खनाल महानिरीक्षक भएपछि प्रहरी सङ्गठनमा राम्रो काम गर्ने पाँच हजार ५०० प्रहरी कर्मचारीलाई पुरस्कृत तथा तीन हजार ६५० कर्मचारीलाई कारवाही गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।