मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ पौष १५ आइतबार ०७:५२:००
Read Time : < 1 मिनेट
सप्तरंग

पहिचान पुरस्कार आफर र नथियालाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १५ आइतबार ०७:५२:००

उन्मुक्त पुस्ताको कविता कृति ‘आफर’ र सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’लाई संयुक्त रूपमा पहिचान पुरस्कार प्रदान गरिने भएको छ । पहिचान पुरस्कार कोषको शनिबार बेलायतको लन्डनमा बसेको बैठकले सन् २०१९ (विसं २०७६) को पहिचान पुरस्कार आफर र नथियालाई दिने निर्णय गरेको हो । विज्ञप्तिमार्फत कोषले मनोनयनमा परेका पाँच पुस्तकमध्ये यो वर्ष दुई कृतिलाई संयुक्त रूपमा प्रदान गरिने जनाएको हो । 

कोषले यसअघि मनोनयनमा परेका पाँच पुस्तक सार्वजनिक गरेको थियो । आफर र नथियासँगै नवीन जिरेलको ‘भीषण दिनहरू’, वसन्त बस्नेतको ‘७२ का विस्मय’ र गणेश राईको ‘फोकल्यान्ड जर्नल’ मनोनयनमा परेका थिए । पुरस्कारको राशि दुई लाख दुई हजार दुई रुपैयाँ छ ।

आफर दलित मुक्तिको मुद्दामा लेखिएको कविताको संग्रह हो । यसमा उन्मुक्त पुस्ताका आठ कविका ३३ कविता छन् । नथिया बादी समुदायमाथि लेखिएको उपन्यास हो । यसमा ०३६ देखि ०४६ सालसम्मको कथालाई समेटिएको छ । यसअघि राजन मुकारुङको फेरिँदो सौन्दर्य, अर्जुन खालिङको गोयङको सुगन्ध र यज्ञशको भुइयाँले यो पुरस्कार पाएका थिए ।