१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ जेठ १७ शुक्रबार ०९:२५:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

पूर्व मिस नेपाल सुगरिका केसीको ५० जोर जुत्ता

सेलेब्रिटी सपिङ

Read Time : < 1 मिनेट
२०७६ जेठ १७ शुक्रबार ०९:२५:००

म जुत्ताको एकदमै सौखिन छु । अरू सामान किन्ने उद्देश्यले सपिङ गए पनि मन परेको जुत्ता पाए किनिहाल्छु । जुत्ता किन्न कुनै समय पर्खनु पर्दैन । बढीजस्तो फर्मल क्लोज सुज लगाउँछु । त्यसैले, मसँग त्यही बढी छ ।हाई हिल सुज पनि छ । फ्ल्याट त्यति लगाउँदिन । मेरो कुनै विशेष ब्रान्ड छैन ।

आफ्नो साइजको मनपर्ने भेट्नासाथ किनिहाल्छु । धेरैजसो नेपालमै किनेकी छु । केही जोर विदेश जाँदा किनेर ल्याएकी छु । त्यस्तो महँगा जुत्ता लगाउँदिनँ । ठीकै मूल्यका लगाउँछु । १० हजारभन्दा तल मूल्य पर्ने बढी छन् । ब्रान्डप्रति क्रेज छैन । तर, ‘जिमी छु’, ब्रान्डको ओरिजिनल पिस किन्ने इच्छा छ ।

जुत्ता यस्तो चिज हो जो आफैँ मात्रै किनिन्छ । गिफ्टमा एकदम कम आउँछ । श्रीमानले केही जोर दिनुभएको छ । अहिले मसँग करिब ५० जोर जुत्ता छन् । राख्ने छुट्टै ठाउँ छ । कहिले त धेरै जुत्ता भए भन्ने पनि लाग्छ । फेरि, मन परेपछि किन्नबाट आफूलाई रोक्न सक्दिनँ । 

हिल भएका जुत्ताका पनि विभिन्न साइज हुन्छन् । सबैखाले साइजको कलेक्सन गर्ने रुचि छ । कलर पनि विभिन्न खालका छन् । बजारमा उपलब्ध हुने जति पनि कलर छन्, लगभग ती सबै मसँग उपलब्ध छन् ।