मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवदीप अजनवी
२०७५ मङ्सिर २९ शनिबार ०६:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नुवाकोटको दुप्चेश्वरमा मिनीट्रक दुर्घटना हुँदा १८ को मृत्यु

Read Time : < 1 मिनेट
नवदीप अजनवी
२०७५ मङ्सिर २९ शनिबार ०६:२४:००

नुवाकोटको दुप्चेश्वरमा मिनीट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । १७ घाइते भएका छन् । शिखरबेसीबाट घ्याङफेदी सिसिपुतर्फ जाँदै गरेको बा.३ख ३९१३ नम्बरको ट्रक दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी भीमलाल भट्टराईले १८ मृतक र १७ घाइतेको संख्या पुष्टि भए पनि सबैको सनाखत हुन नसकेको बताए । 

शिखरबेसीको सिम्टाङमा मृत्यु भएका आफन्तको घेवा (अन्तिम संस्कार)मा सहभागी भएर फर्किएका तामाङ समुदायका व्यक्ति दुर्घटनामा परेको डिएसपी भट्टराईले बताए । ट्रक कच्ची सडकबाट ५ सय मिटर तल तादीखोलामा खसेको होे । 

अपराह्न साढे ४ बजे दुर्घटना
भए पनि उद्धारमा कठिनाइ हुँदा घाइतेहरूलाई अस्पताल पठाउन ढिलाइ भएको थियो । उनीहरूलाई गाउँबाट मिनीट्रकमै हालेर अस्पताल पठाउनुपरेको थियो । बीचबाटोमा पु-याएपछि एम्बुलेन्समा राखेर काठमाडौं पठाइएको दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले बताए  । 

घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको अध्यक्ष तामाङलेबताए । राति अबेरसम्म पनि उद्धार कार्य जारी रहेकाले मिनीट्रकमा यात्रा गर्नेको यकिन संख्या खुलेको छैन । तर, ४० भन्दा बढी दुर्घटनामा परेको अनुमान गरिएको छ । 

तीनको सनाखत
शुक्रबार रातिसम्म तीन मृतकको मात्रै सनाखत भएको दुप्चेश्वर गाउँपालिका अध्यक्ष तामाङले बताए । उनका अनुसार शिखरबेसीका १६ वर्षीय रितेश पण्डित, घ्याङफेदीका ३६ वर्षीय रिबल तामाङ र ३७ वर्षीय आइत तामाङको सनाखत भएको छ ।