मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २६ बुधबार
  • Wednesday, 11 December, 2024
रासस काठमाडौ‌ं
२o८१ मङ्सिर २६ बुधबार २१:o४:oo
Read Time : < 1 मिनेट
समाचार

कांग्रेसद्वारा १० भ्रातृ संस्थाको महाधिवेशन गर्न निर्देशन समिति गठन

चैत मसान्तभित्र सबै भ्रातृ संस्थाको अधिवेशन सम्पन्न गरिने

Read Time : < 1 मिनेट
रासस, काठमाडौ‌ं
नयाँ पत्रिका
२o८१ मङ्सिर २६ बुधबार २१:o४:oo

कांग्रेसले पार्टीको १० भ्रातृ संस्थाको महाधिवेशन गर्न महाधिवेशन केन्द्रीय निर्देशन समिति गठन गरेको छ। पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत मसान्तभित्र सबै भ्रातृ संस्थाको अधिवेशन सम्पन्न गर्न आज निर्देशन समिति गठन गरेका हुन्।

पार्टीको विधान ०१७ (संशोधनसहित)को धारा २५ (९) बमोेजिम गठन गरिएको उक्त समितिले महाधिवेशन सम्पन्न गराउनका लागि विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पुर्‍याई आवश्यक निर्देशन दिन सक्ने व्यवस्था गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 
      
कांग्रेसले नेपाल दलित संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री जीवन परियार र सदस्यमा लक्ष्मी परियार र शान्ति विकलाई तोकेको छ। यसैगरी, नेपाल महिला संघको निर्देशन समितिको संयोजकमा प्रवक्ता डा. प्रकाशशरण महत, सदस्यमा पुष्पा भुसाल र रुक्मिणी कोइराला, नेपाल किसान महासंघको निर्देशन समितिको संयोजकमा रमेश रिजाल, सदस्यहरूमा राजेन्द्रकुमार केसी र अञ्जनी श्रेष्ठलाई जिम्मेवारी दिइएको छ।

नेपाल भूतपूर्व सैनिक संघको निर्देशन समितिको संयोजकमा एनपी साउद, सदस्यमा टेकप्रसाद गुरुङ र महेन्द्रकुमारी लिम्बू, नेपाल लोकतान्त्रिक खेलकुद संघको निर्देशन समितिको संयोजकमा मोहनबहादुर बस्नेत, सदस्यहरूमा उमेशजंग रायमाझी र गणेश लामा रहेका छन्।

राष्ट्रिय लोकतान्त्रिक अपांग संघको निर्देशन समितिको संयोजकमा मधु आचार्य, सदस्यहरूमा सरस्वती बजिमय र मदनकृष्ण श्रेष्ठ, नेपाल थारू संघको निर्देशन समितिको संयोजकमा उदयशम्शेर राणा, सदस्यमा डा. गोपाल दहित र योगेन्द्र चौधरी छन्।

यस्तै, नेपाल प्रजातन्त्र सेनानी संघको निर्देशन समितिको संयोजकमा प्राडा गोविन्दराज पोखरेल, सदस्यमा मुक्ताकुमारी यादव र कान्तिका सैजुवाल रहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।