मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २६ बुधबार
  • Wednesday, 11 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर २६ बुधबार २o:५८:oo
Read Time : < 1 मिनेट
समाचार

राजीनामा दिएका इन्स्पेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर २६ बुधबार २o:५८:oo

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा सशस्त्र प्रहरी बलका पूर्वइन्स्पेक्टर छविलाल कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

कुँवरले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कुल एन्ड इन्टरमिडिएट एजुकेसन, यु.पी.) अन्तर्गत हाई स्कुल तहको परीक्षा उत्तीर्ण गरेको भनी झुटा शैक्षिक प्रमाणपत्र पेस गरी प्रहरीमा भर्ना भएर इन्स्पेक्टरमा बढुवा भएका थिए। छानबिन सुरु भएपछि राजीनामा दिएका कुँवरविरुद्ध आयोगले मुद्दा दायर गरेको हो।