मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २६ बुधबार
  • Wednesday, 11 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर २६ बुधबार १६:५५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सिटिजन्स बैंकका ग्राहकलाई भोकमन्त्रमा १० प्रतिशतसम्मको छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर २६ बुधबार १६:५५:oo

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले गोंगबुस्थित भोकमन्त्र प्रालिमा १० प्रतिशतसम्मको छुट पाउने भएका छन्। सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङका ग्राहकहरूलाई छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास लिएको बैंकले जनाएको छ। बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ।

हालैमात्र ‘बैंक अफ द इयर २०२४’को उपाधि पाएको बैंकले केही समयअघिदेखि फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। यो भर्चुअल क्रेडिट कार्डमा भौतिक कार्डविना नै मोबाइलको माध्यमबाट स्क्यान गरी क्रेडिट कार्डको सुविधा उपभोग गर्न सकिने विशेषता छ।