मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर २६ बुधबार
  • Wednesday, 11 December, 2024
तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडौं
२o८१ मङ्सिर २६ बुधबार १६:२२:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

काठमाडौंसँग हारेसँगै प्लेअफ दौडबाट बाहिरियाे लुम्बिनी

Read Time : > 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर २६ बुधबार १६:२२:oo

काठमाडौं गुर्खाजसँग १८ रनले पराजित भएसँगै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअफ दौडबाट बाहिरिएको छ। एनपिएलमा लुम्बिनीले ६ खेल खेल्दा पाँच खेलमा पराजित भयो। रोहितकुमार पौडेलको कप्तानीमा रहेको टोली प्लेअफबाट बाहिर हुने आठमध्ये पहिलो टोली बनेको छ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको काठमाडौं १९.२ ओभरमा अल आउट हुँदा मात्र १०४ रनको लक्ष्य प्रस्तुत गरेकाे थियाे। प्रत्युत्तरमा लुम्बिनीले १९.२ ओभरमा अलआउट हुँदा मात्र ८५ रन बनाउन सक्यो।

पछिल्लो खेलमा लुम्बिनीले चितवनलाई ३३ रनले पराजित गर्दै प्लेअफ सम्भावना यथावत् राखेको थियो। त्यसअघि लगातार विराटनगरसँग दुई विकेट, पोखरासँग १० विकेट, सुदूरपश्चिमसँग ४५ रन र जनकपुरसँग एक रनले पराजित भएको थियो । 

चौथो खेल खेलिरहेको काठमाडौंले दोस्रो जित निकाल्यो। उसले कर्णाली याक्सलाई तीन विकेटले हराउँदा चितवनसँग पाँच विकेट र सुदूरपश्चिमसँग ७३ रनको हार व्यहोरेको थियो।

छैटौँ खेलमा लुम्बिनीका तीन खेलाडीले मात्रै दोहोरो अंकमा रन बनाउन सके। सन्दीप जोराले २९ बलमा दुई चौकासहित सर्वाधिक २६ रन बनाए। उनलाई करणको बलमा शाहव आलमले क्याचआउट गराएका थिए। अमेरिकाका उन्मुक्त चन्दले १९ बलमा एक चौकासहित १४ रन बनाए। कप्तान रोहित आठ, ओपनर अर्जुन साउद तीन र टम मुर्सले ६ रन बनाउँदा साद विन जफर गोल्डेन डकआउट र विवेक यादव दुई रन बनाएर आउट भए। सूर्य तामाङ ११ रनमा अविजित रहे।

काठमाडौंका कप्तान तथा तीव्र गतिका बलर करण केसीले चार ओभरमा १६ रन खर्चिँदै सर्वाधिक चार विकेट हात पारे। स्पिनर दीपेश कँडेलले तीन तथा गेहार्ड इरास्मसले दुई विकेट हात पारे। रसिद खानको नाममा एक विकेट रह्यो।

पहिले ब्याटिङ गरेको काठमाडौंका लागि तेस्रो नम्बर क्रिजमा पुगेका भीम सार्कीले ४० बलमा एक चौकासहित सर्वाधिक ३१ रन बनाएका थिए। २७ वर्षीय इंग्लिस खेलाडी डानियल एलेक्जान्डर डाउथवेटले २१ रन बनाए। यसबाहेक प्रतीक श्रेष्ठले १४ बलमा ३० र अफगानिस्तानका युवा ब्याटर स्टेफन इस्किनाजीले १३ रनको योगदान गरेका थिए। ओपनर माइकल लेभिट दुई बल खेलेर डकआउट भएपछि काठमाडौं दबाबमा आएको थियो। त्यसपछि जेहार्ड इरास्मस एक, सुमित महर्जन चार, रसिद खान एक, कप्तान करण केसी एक तथा शाहव आलम आठ रन बनाएर आउट भए।

लुम्बिनीका लागि साद विन जफरले तीन तथा रेमन सिमोन्ड्स र अभिषेक गौतमले समान दुई विकेट हात पारे। सूर्य तामाङ र विवेक यादवले समान एक विकेट लिए।

यसअघि आजै भएको पहिलो खेलमा सुदूरपश्चिमले जनकपुर रोयल्सलाई ७२ रनले हरायो। अब बिहीबार पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किंग्स तथा दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गुर्खाज भिड्नेछन्।